कपाल मुण्ड्याएकि सावित्री सुवेदीले बुद्धको देशमा हिंसा हुन्छ भने फासी चाही किन दिन नहुने भन्दै जंगिएपछि............ [हेर्नुहोस् भिडियो]

कपाल मुण्ड्याएकि सावित्री सुवेदीले बुद्धको देशमा हिंसा हुन्छ भने फासी चाही किन दिन नहुने भन्दै जंगिएपछि............ [हेर्नुहोस् भिडियो]

पिएनपिखबर, भक्तपुर । केहि समय अघि देखि सामाजिक अभियन्ता सावित्री सुवेदी निकै चर्चामा छिन्। माइतिघर मण्डलामा बलात्कारीलाई फासी दिनु पर्छ भनेर कालो पेटिकोट लगाएर विरोध गर्नेको भिड नै थियो तर त्यो भिड मध्य अरुको भन्दा सावित्रीको चर्चा अलिक बढी नै भयो।

सगरमाथाकी छोरीको नाममा सामाजिक संजालमा चर्चित सामाजिक अभियन्ता सावित्री सुवेदी एक नारीवादी महिला हुन् । महिला अधिकार कर्मीको रुपमा चिरपरिचित उनको ‘जयनारी’ सामाजिक संजालमा समेत उत्तिकै चर्चामा छ ।

नारि बिशेष मुद्दाहरुमा जोडिएर नारि मुक्ति अभियानमै क्रियासिल देखिने सावित्री सुवेदी खुल्ला र स्पस्ट वक्ताको रुपमा चिनिन्छिन्। पछिल्लो समय महिलामाथि हुने नारि हिंसा बिरुद्द खुलेर निर्धक्क बिरोधका आवाज बुलन्द गर्ने ‘जयनारी’ हुन्।

बोक्सी पर्थाको चपेटामा पिल्सिएका नारि देखि बलात्कारका जघन्य अपराधहरुलाई सजाय दिलाउने अभियानमा खुलेर लागेकी युवा महिला सावित्री सुबेदीले हरेक बखत महिलाहरु पुरुषद्वारा बलात्कारको शिकार भैरहदा पछिल्लो केहि समय देखि बलात्कारीलाई फाँसी दिलाउने अभियानको कसरतमा छिन्।

बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दै उनले माइतीघर मण्डलामा कालो पेटीकोट लगाएर प्रदर्शनमा उत्रिएकि थिइन्। उनको साथमा अरु सामाजिक अभियन्ता पनि थिए। अर्धनग्न प्रदर्शन गरेको भन्दै उनीहरुलाई प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको थियाे। यस्तो नगर्ने सर्तमा उनीहरु छुटेका थिए।

मूल उदेश्य बोकेर कि गर्छु कि मर्छु भनेर बलात्कारीलाई फासीको माग गर्न सावित्रीले आफ्नो पाइला यतिमा नै रोकिनन्। मुलुकमा बलात्कारका घटना बढ्दै जानु र दोषीलाई कडा कारबाही नहुनु लगायत घटनाबाट आक्रान्त बनेको युवा पुस्ता यस अभियानमा संलग्न भइर्रहेका छन्। सावित्री सुवेदी साथै अरु अभियन्ताले विरोध स्वरूप आफ्नो कपाल खौरेका छन्।

पेटीकोटको पैसा विवेकशील साझाकी दिदीले दिन्छु भन्नुभएको हो भनेर उनले केहि समय अगाडी न्युज ट्वेन्टीफोरको एक कार्यक्रममा उनले स्वयम भनेकी थिइन्। सोहि कुरालाई मानेर भयो भन्ने प्रश्नमा उनले भनिन् ,'विवेकशिल साझा पार्टी भनेर मैले पटक्कै कुनै पार्टीको नाम तोकेको छैन। हामी आफै पैसा जुटाउन सक्षम छौ। हामी सबै अभियन्ता मिलेर त्यो बेलाको कार्यक्रमको खर्च बेहोरेका हौ। हामीले कसैसँग एक पैसा पनि लिएका छैनौ। '

बुद्धको देशमा फासिको सजाय सम्भव छ त भन्ने प्रश्नमा उनी भन्छिन् ,'बुद्धको देशमा एक नाबालक बलात्कृत भएर मर्छिन्। बुद्धको देशमा सतरी वर्षकि आमाको सामुहिक बलात्कृत भएर जिब्रो काटिन्छ। बुद्धको देशमा हिंसा हुन्छ भने फासी चाही किन दिन नहुने। हामीले बलात्कारीलाई फासीको कानुन मात्र ल्याउनु पर्छ भनेको होइनौ। जनतालाई नै सुसुज्जित गर्ने हाम्रो चाहाना हो। विष खाएसी मरिन्छ भनेसी त कसले विष खान्छ र ?'

हेर्नुहोस भिडियो :

Comments