पाल्पामा ढुङ्गामुनि लिङ्गेश्वर महादेवको आकृति (तस्बिर सहित)



पाल्पाको तानसेन नगरपालिका १० तेल्घामा लिङ्गेश्वर महादेवको आकृति भेटिएको छ । करिव ७० मिटरको एउटै ढुङ्गामा विभिन्न मुर्ति बनाउने क्रममा यस्तो आकृति देखिएको भालेवासलाई धार्मीक तथा पर्यटकीयस्थल बनाउदै गरेका केशव कार्कीले जानकारी दिए ।‘एउटा खस्नै लागेको ढुङ्गगा भित्र यस्तो आकृर्ति देखिएको हो’कार्कीले भने ।

तेल्घा र मदनपोखराको विचमा पर्ने भालेवास अहिले रमणीय स्थान बन्दै गएको छ । ७० मिटरको एउटै ढुङ्गामाथि विभिन्न भगवानका मुर्तिहरु निर्माण गरिएकाले बुटवल तानसेन गर्ने हजारौ यात्रुहरुको आँखा त्याहा पर्ने गरेको छ ।७० मिटरको एउटै ढुङ्गगामा ३३ कोटी देविदेउताको मुर्ति, तिनको वाहन र मन्दिर बनाउने लक्ष्य रहेको कार्कीले बताए ।

हालसम्म ५ फिट अग्लो र १२ फिट लामो ढुङ्गाको हात्ती र बुढानिलकण्ठको मूर्ति निर्माण भैसकेको तथा पहिलो चरणमा १३ ओटा मूर्ति तथा आकृति निर्माण गरिने कार्कीले बताए ।

-tajareport

Comments