
काठमाडौँ : रक्षाबन्धनको भोलि पल्ट यानि भाद्र ११ गते मङ्गलले आफ्नो चाल बदल्नेछ। ११ गते भाद्र कृष्णपक्षको दिन सोमबार साँझ करिब ७ बजे मङ्गलले आफ्नो चाल परिवर्तन गर्दैछ। जसको प्रभाव १२ राशिहरुमा नै पर्दछ, तर ती मध्ये केही राशिहरुमा अधिक शुभ प्रभाव पर्नेछ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
मेष राशि हुनेहरुका लागि मङ्गलको चाल परिवर्तन सबैभन्दा लाभदायी हुनेछ किनकी यस राशिको स्वामी मङ्गल हुन्। यी राशिका जातकका हरेक काममा सफलता हात लाग्नेछ। व्यवसायमा वृद्धिको पूरा योग छ। पारिवारिक माहोल राम्रो रहनेछ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
मिथुन राशि हुनेहरुका लागि यो बदलाव शुभ फलदायी हुनेछ। ऋणबाट मुक्ति मिल्नुको साथै धन लाभको पनि राम्रो संयोग छ। नयाँ वाहन या जग्गा-जमिन खरिदको लागि उचित समय हुनेछ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
कन्या राशि हुनेहरुका लागि मङ्गलको यो चाल परिवर्तनले बिग्रिएका-रोकिएका कार्यहरु सम्पन्न गर्छ। भाग्य उदय हुदाँ भौतिक सुखमा वृद्धि हुनेछ। कानुनी मामिलाहरुबाट छुटकारा मिल्नेछ, साथै विदेशबाट सु-समाचार पाउने योग छ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
वृश्चिक राशिका स्वामी पनि मङ्गल नै हुन्। मङ्गलको चाल बदलाव हुनु वृश्चिक राशि हुनेहरुका लागि फलदायी रहनेछ। लगानीबाट भारी धन लाभ हुने सङ्केत छ। व्यापार वृद्धि पूराको पूरा योग छ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
मीन राशि हुनेहरुका लागि अचानक धनलाभ हुनुको साथै आयमा वृद्धि हुनेछ। मान-सम्मानमा वृद्धि हुनेछ। भाग्यको साथ मिलिरहनेछ।
Comments
Post a Comment