परदेशमा बस्ने नेपालीले नेपाल फर्कदा विना भन्सार के के लैजान पाइन्छ, अवस्य पढ्नुहोस् !


तपाई विदेशबाट स्वदेश फर्कंदा आफूलाई मन परेका सामानहरु किनेर फर्कदै हुनुहुन्छ ? थाहा पाइराख्नोस् त्रिभुवन विमानस्थलमा तपाईले के/के सामान विना भन्सार छिराउन पाउनुहुन्छ र के कस्ता सामानमा भन्सार तिर्नुपर्छ ?

विमानस्थलको आगमन कक्षमा तपाई एकैछिन उभिनुभयो भने विदेशबाट फर्किएका अधिकांश नेपालीले ठूला टेलिभिजन ल्याएको देख्नुहुन्छ । पछिल्लो समयमा वैदेशिक रोजगारीबाट फर्किँदा एलइडी टेलिभिजन ल्याउनु समान्य जस्तै भएको छ ।

सरकारले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई ३२ इञ्चसम्म्को टेलिभिजनमा एक रुपैयाँ पनि भन्सार शुल्क लिने गरेको छैन । सरकारले टेलिभिजनमा मात्रै होइन, विदेशबाट फर्किंदा ल्याइने धेरै व्यक्तिगत प्रयोजनका मालसामानमा भन्सार छुटको व्यवस्था गरिएको भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढंगानाले जानकारी दिए ।

उनका अनुसार व्यक्तिगत प्रयोजनका निजी गुन्टा र झिटी भारीका लागि यस्तो व्यवस्था गरिएको हुन्छ । यसरी दिइने भन्सार छुटको फाइदा उठाउनेको संख्या पनि ठूलो छ । नेपाल आउँदा ३२ इञ्चसम्मको टेलिभिजन ल्याउन कम्तिमा १ वर्ष विदेश बसेको हुनपर्ने व्यवस्था छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौना, घर गृहस्थी लगायतका पुराना सामान लगयात व्यक्तिगत प्रयोजनका विभिन्न सामाग्री ल्याउन भन्सार लाग्दैन । औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधी र शारीरिक रुपमा अशक्तहरुको सहाराको लागि ल्याइने समाग्रीमा पनि भन्सार छुटको व्यवस्था छ । विदेशबाट तोकिएको परिमाणमा सुन पनि ल्याउन पाइन्छ ।

सुन तथा सुनका गहना ५० ग्रामसम्म र चाँदीको गरगहना पाँचसय ग्रामसम्म तथा ३० हजार नेपाली रुपैयाँ मूल्यसम्मको जहारत जडित गरगहनामा कुनै भन्सार शुल्क तिर्नु पर्दैन । त्यस्तै ५० ग्राम भन्दा बढी र ३ सय ५० ग्रामसम्म सुन र १ किलोग्रामसम्म चाँदी ल्याएमा भने तोकिएको समदर भन्सार शुल्क तिर्नुपर्छ ।



यो भन्दा बढी सुनचाँदीको भन्सारपास नहुने भएकाले धेरै सुन बोकेमा जफत हुनसक्छ । यी सुविधा पाउन पनि सामान ल्याउने व्यक्ति ६ महिना भन्दा बढी विदेशमा बसेको हुनुपर्ने प्रावधान छ । यस्तै ल्यापटप वा कम्प्युटर, ट्यावलेट, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर, मोबाइल फोन र पेन ड्राइभ १÷१ थान ल्याउँदा पनि भन्सार छुट पाइन्छ ।

बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल १/१ वटा ल्याउँदा पनि भन्सार तिर्नुपर्दैन । विभिन्न पेशा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका व्यवसायिक सामानमा पनि भन्सार नलाग्ने व्यवस्था छ । डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सम्बन्धी सामानहरु फुटबल, भलिबल, संगीत क्षेत्रमा लागेकाहरुले बाजाहरु, गितार, हार्मो्नियम, तबला, लगायतका सामान १÷१ थान ल्याउन भन्सार रकम भुक्तानी गर्नुपर्दैन ।

यस्तै चार किलोग्रामसम्म खाद्यान्न ल्याउन पनि कर लाग्दैन भने १.१५ लिटरसम्मका मदिरा बोक्नेले पनि भन्सार तिर्नुपर्दैन ।..समदरमा भन्सार तिरेर ल्याउन पाइने सामान..६ महिनासम्म विदेशमा बसेर फर्किएकाहरुले ३२ इञ्च भन्दा बढीको टेलिभिजन, म्यूजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेशिन, पङ्खा र रेडियो र १र१ थान ल्याउन सक्छन् । तर, यसमा समदरमा भन्सार तिर्नुपर्छ । १० किलोग्रामसम्म खाद्य सामाग्री पनि ल्याउन पाइन्छ तर, यसमा तोएकिो भन्सार भने तिर्नुपर्छ ।

१५ पिस लुगाफाटा, जुत्ता, कस्मेटिक्स लगायतका समान ल्याउँदा पनि तोकिएको भन्सार तिरेर विमानस्थलबाटै ल्याउन सकिन्छ ।

घरायसी प्रयोजनका लागि ल्याइने मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर २र२ थानसम्म ल्याएमा भन्सार तिर्नुपर्छ ।

व्यवसायिक पेशामा लागेका व्यक्तिहरुले आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान व्यक्तिगत प्रयोजनका लागि २र२ थानसम्म ल्याउन सक्छन् । यो भन्दा बढी समाग्री ल्याएमा झिटी गुण्टा नमानिने भएकाले व्यवसायिक रुपमा भन्सार तिरेर पास गराउनुपर्ने भन्सार महानिर्दे्शिक ढंगानाले बताए ।

यो पनि जानी राख्नूस, अब वैदेशिक रोजगारमा गई कम्तिमा एक वर्ष काम गरी फर्कने नेपालीले ल्याएको जुनसुकै प्रकारको ३२ इन्चसम्मको टिभीमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिइनेछ। यसका लागि तपाईँ वैदेशिक रोजगारमा गएर फर्किएको हुनुपर्छ। पढ्नलाई विदेश गएको वा एनआरएनले टिभी ल्याएमा करमहसूल छुट हुने छैन। वैदेशिक रोजगारमा गएकाको पनि अभिलेख राखिनेछ।

यस्तो सुविधा एक पटकका लागि मात्र दिइनेछ। त्योभन्दा ठूलो टिभी वा वैदेशिक रोजगारमा नगएकाहरुले ल्याएको टिभीमा कति कर लाग्छ त ?

एलसिडी, प्लाज्मा वा एलइडी टिभी हो भने भन्सार महसुल, अन्तःशुल्क, भ्याट नलगाई निम्न अनुसारको एकमुष्ट रकम भन्सार महसुल वापत असुल गरिन्छ-



२२ इञ्चसम्मको- प्रति इञ्च १५० रुपियाँ

२३ देखि २९ इञ्चसम्मको- प्रति इञ्च २५० रुपियाँ

३० देखि ३२ इञ्चसम्मको- प्रति इञ्च ४०० रुपियाँ

३३ देखि ३९ इञ्चसम्मको- प्रति इञ्च ५०० रुपियाँ

४० देखि ४९ इञ्चसम्मको- प्रति इञ्च ५५० रुपियाँ

५० र सोभन्दा माथिको- प्रति इञ्च १२०० रुपियाँ

यो दर छ महिनाभन्दा बढी विदेशमा बसेकाहरुका लागि हो। ६ महिना वा त्योभन्दा कम विदेशमा बसी फर्कनेले ल्याएको टिभीमा माथिको शुल्कमा प्रति इञ्च ५० रुपियाँ थप हुन्छ।

मानौँ तपाईँले ३२ इञ्चको टिभी ल्याउनु भयो र तपाईँ विदेशमा छ महिनाभन्दा बढी बसेर फर्कनुभएको छ भने तपाईँले कूल ४००X३२= १२ हजार ८ सय तिर्नुपर्‍यो। छ महिना वा त्योभन्दा कम विदेश बसेर फर्कनुभएको छ भने १४ हजार ४ सय तिर्नुपर्‍ंयो।

त्यसैगरी ६० इञ्चको ठूलो टिभी ल्याउनुभएको छ भने छ महिनाभन्दा बढी बस्नेले ६०X१२०० = ७२ हजार शुल्क तिर्नुपर्‍यो। छ महिनासम्म विदेश बसेकाले भने ७५ हजार तिर्नुपर्‍यो।

अरु के के ल्याउन पाइन्छ ?

सरकारले २०६५ कात्तिक १ मा राजपत्रमा सूचना प्रकाशित गरे अनुसार यस्तो सामानलाई भन्सार लाग्दैन

बिदेशबाट फर्केका नेपाली यात्रुका सम्वन्धमाः

(१) नेपालमा स्थायी बसोबास गर्ने नेपाली

नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोगका देहायमा उल्लिखित सबै वा कुनै मालसामान ल्याउँदा भन्सार महसुल पूर्ण छुट हुनेछः

(क) लुगाफाटा, बरबिर्छ्यौना, घर गृहस्थीका पुराना सामानहरु

(ख) औषधी उपचार गराई फर्केका विरामीले ल्याएका औषधीहरु

(ग) शारीरिक अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान

(घ) सुन तथा सुनको गहना पचास ग्रामसम्म, चाँदी तथा चाँदीको गहना पाँचसय ग्रामसम्म र तीस हजार रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरिया



(ङ) घडी, स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ एक एक थान

(च) बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान

(छ) पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक एक थान (जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, बैडमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै– गितार हार्मोनियम, तबला, जस्ता सामानहरु)

(ज) चार किलोग्रामसम्म खाद्य परिकार

(झ) मदिरा १.१५ लिटरसम्मको बोतल एक।

तर यात्रुले ल्याउन पाउने आफ्नो निजी व्यवहारका खण्ड (झ) मा उल्लिखित सामान बाहेक यस उपदफामा उल्लिखित अन्य सामानहरु कुनै यात्रुले माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार..कार्यालयका प्रमुखले औचित्य हेरी स्वीकृति दिन सक्नेछ।

खण्ड (झ) मा उल्लिखित मदिरा तोकिएभन्दा वढी परिमाणमा ल्याएमा वढी परिमाण जति जफत हुनेछ।

(क)भारत तथा चीनको स्वशासित क्षेत्र तिव्वत वाहेक अन्य विदेशी मुलुकमा छ महिनाभन्दा बढी अवधि व्यतित गरी फर्केका नेपाली यात्रुले आफ्नो साथमा ल्याएको एक सेट कम्प्युटरमा भन्सार महसुल छुट हुनेछ।

(ख) विदेशमा बसेका नेपाली यात्रुहरुले आफूले प्रयोग गरेका लत्ता कपडाहरु हुलाक पुलिन्दाबाट पठाउँदा त्यस्तो लत्ता कपडामा भन्सार महसुल छुट हुनेछ।

(ग) विदेशमा बसेका व्यक्तिले नेपालस्थित आफन्त वा परिवारका सदस्यलाई उपदफा (२) बमोजिमका सामानमध्ये अमेरिकी डलर दुईसय पचाससम्मको सामान पठाएमा प्रमाण हेरी लाग्ने समदरमा भन्सार महसुल लगाई जाँचपास गर्न सकिनेछ।

(घ) विदेशमा छ महिना वा सोभन्दा बढी समय बसी फर्किने नेपाली यात्रुलाई तीनसय पचास ग्रामसम्म सुन र एक किलोग्रामसम्म चाँदी (गरगहना समेत) लाग्ने महसुल लिई साथमा ल्याउन दिइनेछ।

(ङ) चुरोट दुइसय खिल्लीसम्म वा सिगार पचास खिल्लीसम्म दरवन्दी बमोजिम लाग्ने महसुल लिई पैठारी गर्न दिइनेछ। यसमा तोकिएको परिमाणभन्दा वढी चुरोट वा सिगार ल्याएमा त्यस्तो बढी परिमाणमा लाग्ने भन्सार महसुलमा शतप्रतिशत थप भन्सार महसुल समेत असुल गरी जाँचपास गर्न सकिनेछ।

(च) कुनै नेपाली नागरिकको विदेशको बसाईमा मृत्यु भएको भन्ने प्रमाणित भएमा निज र निजको परिवारको निजी प्रयोगका पुराना सबै किसिमका सामानहरु (सवारी साधन बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा सम्पूर्ण महसुल छुट हुनेछ।

(छ) भारतीय सेना वा प्रहरीबाट सेवानिवृत्त भई निवृत्तभरण पाउने गरी स्वदेश फर्कंदा निवृत्त भएको कागजात पेश गरेमा एक पटकको लागि तीस हजार रुपैंयासम्मको निजी प्रयोगका घरायसी सामानहरु (सवारी साधन, हात हतियार, खरखजाना एवं अन्य प्रतिवन्धित सामानहरु बाहेक) ल्याएमा सम्पूर्ण महसुल छुट हुनेछ।

(ज) सेमिनार, अध्ययन, अनुसन्धान तथा शोधकार्यको लागि विदेश ओहोरदोहोर गर्ने नेपाली नागरिकले आफ्नो साथमा ल्याउने लैजाने एक थान कम्प्यूटर आवश्यक प्रमाण हेरी कुनै महसुल नलिई ल्याउन लैजान दिइनेछ ।

Comments