वैवाहिक सम्बन्ध मजबुत बनाउन यौनसम्पर्कको ठुलो हात छ । यसले वैवाहिक दम्पत्तिलाई धेरै फाइदा पुर्याउछ । स्वस्थ र सुन्दर राख्न मद्धत गर्छ । यौन सम्बन्धले शारीरिक नजिक मात्र नभई भावनात्मक सन्तुष्टि र मायाको अनुभव गराउँछ । अझ महिलाहरुमा नियमित यौन सम्पर्कले धेरै फाइदा पुग्ने एक अध्ययनले देखाएको छ । नयाँ अध्ययनका अनुसार महिलाले धेरै यौन सम्पर्कले उनीहरुको स्मरण शक्ति बढ्नेछ ।
एक रिसर्च अनुसार यौनसम्पर्कले महिलाको स्मरण शक्ति बढाउँछ । अध्ययनका अनुसार एक स्वस्थ्य जवान युवतीको स्मरण शक्तिलाई राम्रो बनाउन सहयोग गर्छ । यसअघि पशुहरुमा यौनको असकका बारेमा अध्ययन गरिएको थियो । यसपछि रिसर्च टीमले विश्वविद्यालयमा अध्ययनरत युवतीहरुमा यसको प्रयोग गरेको हो । यसका साथै १८ देखि २९ वर्ष उमेर समूहका ७८ महिलालाई शब्द तथा अनुहारमा आधारित एक कम्प्युटर कार्यक्रममा सामेल गरिएको थियो ।
त्यस्तै नियिमत यौन सम्पर्कले महिला पुरुष दुबैको शरीरलाई धेरै फाइदा पुग्ने यौन चिकित्सकहरु बताउँछन् । यस्ता छन् फाइदाहरु :
१. यौनक्रियाले स्ट्रेस हर्मोनको श्राबमा कमी ल्याउँछ । यसले स्ट्रेस लेवल कम हुन्छ । चिन्तामुुक्त मानिसको जीवन सँधै खुशियाली रहन्छ ।
२. नियमित यौन सम्बन्धले दम्पत्तिको प्रजनन स्वास्थ्यमा सक्रियता आउँछ । यसबाट बच्चा योजना गर्न कुनै समस्या हुँदैन ।
३. नियमित यौन सम्बन्धले पेल्बिक मसल्सको यूरीन बहाव नियन्त्रण गर्ने शक्ति बढ्दछ । यसले मूत्राशय धेरै नियन्त्रित हुन्छ ।
४. नियमित यौन सम्बन्ध राख्नाले महिलाको महिनावारी नियमित हुन्छ । अनियमित महिनावारीको समस्या हट्छ । यौन सम्बन्धले चरमोत्कर्षको अनुभव गराउँछ । यसले शरीरमा आक्सिटोसिन र एडोर्फिन हर्मोनको स्तर बढाउन मद्धत गर्छ ।
५.यौनक्रियाको समयमा पसिना निकाल्नाले छालाको रोम छिद्र खुल्दछ । यसले त्वचा खुलेर सास लिन्छ र सँधै स्वस्थ हुन्छ ।
६. सातामा तीन चार पटक यौन सम्बन्ध राख्नाले मुटुलाई फाइदा गर्छ । रोग हुने खतरा कम गर्छ । यस्ता दम्पत्तिलार्य हृदयघात हुने संभावना कम हुन्छ ।
७. शरीरमा गुड कोलेस्ट्रोल र ब्याड कोलेस्ट्रोलको सन्तुलन कायम राख्न नियमित यौनसम्बन्ध महत्वपूर्ण मानिन्छ ।
८. यौन सम्बन्धको समयमा चरमोत्कर्ष भन्दा पहिले शरीरमा इन्डोर्फिन हर्मोनको स्राव हुन्छ । यसले महिनावारीको समयमा हुने दुखाइ , अर्थराइटिसको दुखाइ, र टाउको दुख्ने समस्याबाट राहत मिल्दछ ।
९. एक मिनेट सम्म लगातार किस गर्नाले २६ कैलोरी खर्च हुन्छ । यो सँगै यौनक्रिया गर्दा २०० देखि ३०० कैलोरी खर्च हुन्छ । यसले मोटोपन कम गर्न मद्धत गर्छ ।
१०. स्वस्थ्य यौन जीवन भएका दम्पत्ति सँधै जवान देखिन्छन् । शरीर स्फूर्ति र कसिलो हुन्छ ।
११. हप्तामा तीन देखि चार पटक यौन सम्बन्ध राख्नाले शरीरमा इम्यूनोग्लोबिन नाम एन्टीबडीको स्राब सामान्य मानिस भन्दा ३० प्रतिशत धेरै हुन्छ । यसले रुघा, खोकी लाग्ने सम्भावनामा कमी ल्याउँछ ।
१२. यौनसम्बम्बन्धले तनाव र रिस कम गर्छ । त्यसैले यसलाई कम गर्न यौन जीवनलाई स्वस्थ्य बनाउन कोशिस गर्नुपर्छ ।
१३. डायबिटीज, ब्लडप्रेशर, मोटोपनबाट पीडित दम्पत्तिका लागि नियमित यौन सम्बन्ध राम्रो मानिन्छ । यसले ब्लडसुगर एवं लिपिड लेबल्सलाई नियन्त्रणमा राख्न मद्धत गर्छ ।
१४. हेल्दी सेक्स लाइफको मूडफ्रेश रहन्छ र आत्मबिश्वास बढ्दछ । त्यसैले यस्ता कपल्स प्रोफेशनल लाइफमा सफलता हासिल गर्दछन् ।
१५. नियमित यौन सम्बन्ध राख्ने दम्पत्तिको यौन क्षता बढाउन मद्धत गर्छ । यसबाट यौनक्रिया आनन्दमय हुन्छ ।
१६. नियमित यौन सम्बन्धबाट शारीरिक र मानसिक सन्तुष्टि मिल्दछ । यसले पति पत्नी बीचको सम्बन्ध अझ बलियो बनाउँछ ।
Comments
Post a Comment