विप्लवको कार्यक्रमबाट कांग्रेसका सभापति पक्राउ


रोल्पा – पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा पक्राउ परेको विरोधमा कोणसभा गर्न लाग्दा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई कार्यकर्ता रोल्पाको घर्तीगाउँबाट पक्राउ परेका छन् ।

शुक्रबार पक्राउ पर्नेमा सो पार्टीका जिल्ला कमिटी सदस्य दिनेश वली र सूर्य खड्का रहेका छन् । उनीहरूसँगै प्रहरीले नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोपाल घर्तीलाई नियन्त्रणमा लिएको छ ।

विरोध कार्यक्रम हेर्न पुगका क्षेत्रीय सभापति घर्तीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कार्यक्रम नगर्न पटक–पटक गरिएको अनुरोधलाई अटेर गरेकाले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी भनाइ छ ।

आफ्ना जिल्लास्तरीय दुई कार्यकर्ता पक्राउ परेको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका सेक्रेटरी सन्तोष सुवेदीले पुष्टि गरेका छन्

Comments