मालपोत र हुलाकमा अपिलको छड्के !, 'किन ढिला ?' प्रश्नमा कर्मचारी 'अक्क न बक्क' यस्तो छ कर्मचारीको मनोमानी र बिचौलियाको बिगबिगी - हेर्नुहोस सनसनीपुर्ण भिडियो
काठमाडौँ । पर्बत जिल्लाको मालपोत र हुलाक कार्यालयमा ‘छड्के’ गरिएको छ । हुलाक कार्यालयमा झण्डै ११ बजेसम्म पनि कर्मचारी आउँदै थिए । ढिला आउने कर्मचारीहरुले कोही बिरामी भएको, कोही को घर टाढा भएको, बाटो चिप्लो भएको लगायतका कारण देखाए।
पर्बतकै मालपोत कार्यालयमा भने बिचौलियाको बिगबिगी देखियो। सेवाग्राही कार्यालयमा पस्ने बित्तिकै पहिलो भेट बिचौलियासंग हुन्छ। कार्यालय बाहिर बसेर सेवाग्राहीले अनुरोध गरे भने मात्र सहयोग गर्ने खालको परिपाटी भएपनी लेखापढी गर्ने मानिसहरु कार्यालय भित्रै भेटिए।
हुलाक र मालपोतका यी बिषयहरु लिएर पोखराको गण्डकी टेलिभिजनको टिम पर्बतका सिडियो समक्ष पुगेको छ । यी सम्पुर्ण कुराहरु क्यामरामा रेकर्ड भएका छन् । हेर्नुहोस, सनसनीपुर्ण भिडियो
Comments
Post a Comment