
११ ब्नर्षिय अबोध बालक निशान खडकालाई अपहरण गरी हत्या गर्ने दुई अपहरणकारी प्रहरी सोमबार भक्तपुरमा इन्काउन्टरमा मारिएको घटनाबारे गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रहरी नेतृत्वसँग जानकारी लिएका छन्। ब्रिफिङको क्रममा प्रहरी अधिकारीहरुले मुठभेडमै अपहरणकारीहरु मारिएको बताएका छन्। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायतका अधिकारीले बिहीबार थापालाई बिफ्रिङ गरेका हुन्।
घटनाको बेला गृहमन्त्री थापा विदेशमा थिए। बुधबार नेपाल फर्किएपछि उनले यसबारे जानकारी लिएका हुन्। इन्काउन्टरमा मारिएका व्यक्तिका आफन्तले पक्राउ गरेर प्रहरीले गोली हानेको दाबी गरेका छन्।
आइतबार काँडाघारीबाट ११ बर्षिय बालक निशान खड्कालाई अपहरण गरी हत्या गरेका थिए। अपहरण र हत्या गर्ने गोपाल तामाङ र अजय तामाङ प्रहरी मुठभेडमा मारिएका थिए।
अपहरणकारीले विभत्स हत्या गरेका निसानको शव सोमबारदेखि शिक्षण अस्पतालमा थियो। उनका मावलीहरुले बिहीबार शब बुझे। अस्पतालबाट शव पशुपति आर्यघाट लागि आज अन्त्योष्टी गरिएको छ
Comments
Post a Comment