महोत्तरी : आइतबार साँझ ६ बजेतिर चोरिएकी सात महिने शिशुको शव भेटिएको छ।महोत्तरीको भंगाहा नगरपालिका-१ साविक मेघनाथ गोरहन्ना गाउँ विकास समिति वडा नम्बर- ७ स्थित फेकु चौधरीको आँपको बगैँचा मुनि शव भेटिएको हो।
शवको प्रकृति हेर्दा अपहरण पछि टाउकोमा हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ। अपहरणकारीले शिशुको हत्यापछि आँपको रुखको मुनि राखेको अवस्थामा शव फेला परेको हो। मृतक शिशुको नाकबाट रगत बगेको छ।
अपहरणकारीले शिशुको शवसँगै आफूले लगाएको गम्छा, कट्टु, चश्मा सबै फालेर गएको भेटिएको छ।अहिलेसम्म शिशुको हत्यामा संलग्नको पहिचान हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी खगेन्द्रबहादुर खड्काको टोली घटनास्थल पुगेको छ। टोलीले मुचुल्का उठाउँदै घटनाबारे थप अनुसन्धान गर्ने बताएको छ।
-satyakhabar
Comments
Post a Comment