निर्मला हत्या प्रकरण : कञ्चनपुरमा फेरि चल्याे गाेली, अाफ्नै हाेटेलमा बसेका किशाेरकाे मृत्यु



कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरमा निर्मला पन्तको हत्याको छानबिनका लागि दबाबका लागि भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक किशाेरको मृत्यु भएको छ ।

प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर आफ्नै होटेलमा बसेका १७ वर्षीय चेतन भट्टकाे मृत्यु भएको महाकाली अञ्चल अस्पतालले जनाएकाे छ । प्रहरीले हानेको गोली बालकको छातीमै लागेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन् ।

निर्मला पन्तको बलात्कारमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले जिल्ला प्रशासन कार्यालयमा तोडफोड गर्न थालेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।

गोलीले घाइते भएकाको महाकाली अस्पतालमा उपचार भइरहेको छ । बिहीबार पनि प्रदर्शनका क्रममा ८ जना गोली लागेर घाइते भएका थिए ।

Comments