काठमाडौं । सरकारले निजामती कर्मचारीको उमेरहद ६० वर्ष पुर्याउने तयारी गरेको छ ।
निजामती सेवा ऐनमा भएको ५८ वर्षे उमेरहद बढाएर ६० वर्ष पुर्याउने सरकारले तयारी गरेको हो । विभिन्न मन्त्रालयका सचिवहरू पाँचवर्षे कार्यकाल पूरा नहुँदै उमेरहदका कारण अवकाश पाउने क्रममा रहेका कारण सरकारले उमेरहद बढाउने भएको हो ।
हाल कानुन मन्त्रालयमा रहेको संघीय निजामती सेवा ऐनको मस्यौदा संशोधनमार्फत कर्मचारीको उमेरहद बढाउने प्रक्रिया अघि बढाइएको छ ।
उक्त मस्यौदामा पनि कर्मचारीको उमेरहद ५८ बाट बढाएर ६० पुर्याइने प्रावधान राखिएको छ ।
विगतमा उमेरहद बढाउन नहुने पक्षमा देखिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसमेत यसपालि उमेरहद बढाउने पक्षमा लचिलो देखिएका छन् ।
Comments
Post a Comment