कञ्चनपुरबासी लाई महत्त्वपुर्ण खबर ! सक्दो शेयर गरेर सहयोग गरौ



कञ्चनपुर– कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा जारी कर्फ्यू जिल्ला प्रशासन कार्यालयले हटाएको छ।

प्रशासन कार्यालयले आइतबार अपराह्न सूचना प्रकाशित गरी अहिले ६ बजेदेखि राति १० सम्मलाई कर्फ्यू हटाएको जानकारी दिएको छ। प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीका अनुसार राति १० बजेदेखि ५ बजेसम्म यथावत रहनेछ।

सोमबार विहान ५ देखि १२ बजेसम्म पुनः कर्फ्यू हट्ने र दिउँसो १२ बजेदेखि अर्को आदेश नभएसम्म कायम रहने प्रजिअ अधिकारीले जानकारी दिए।

Comments