बच्चीलाई सुताएर आमा पनि निदाईन्, रोएको आवाज सुनेर ब्युँझिदा उड्यो होस्


पछिल्लो समय बलात्कारका घटना बढ्न थालेका छन्। यस्तै भारतको तीन वर्षकी नाबालिकााथि एक युवकले बलात्कार गरेको घटना बाहिर आएको छ। यो घटना सार्बजनिक हुनासाथ तनाव उत्पन्न भएको छ। प्रहरीले उक्त घटनलाई प्रथामिकता दिएर मुद्धा दायर गरेको छ। ती आरोपित व्यक्ति भने फरार छन् घरबाट उनका बाबुलाई पक्राउ गरी प्रहरीले हिरासतमा राखेको छ। आरोपित युवक प्लस १२ मा अध्ययनरत थिए।

प्रहरीका अनुसार आईतबार दिउँसो करिब १२ बजेतिर बालिकाकी आमा घरमा सुतिरहेकी थिईन्। यसै समयमा बालिका खेल्दै खेल्दै आरोपित भएको कोठामा आईन् । आरोपीत सुमित चौधरीले ती बालिकालाई एक्लै देख्यो र उसलाई फकाएर भित्र लग्योर् र बलात्कार गर्यो।

बलात्कारसँगै बालिका रुन चिच्याउँन थालिन् त्यससँगै निदाएकी आमा पनि उठिन् र छोरी खोज्न थालिन् जुन समय आरोपितको कोठाबाट छोरी रोईरहेको आवाज आईरहेको थियो।



ढोका खुल्दा बालिका नाङ्गै थिईन्। बालिकाकी आमाले भनिन् छोरीको हालत देखेर मेरो निन्द्रासँगै मेरो दुनियाँ उजाड भयो । थाहा भएन छोरी कतिखेर बाहिर निस्की ।

आरेपित पक्राउ नपरुन्जेल जेलमै हुनेछन् बाबु

प्रहरी प्रमूखले बताए अनुसार आरोपित पक्राउ नपरुन्जेल उनका बाबु जेलमै रहने छन्। प्रहरीले खोजी कार्य तिब्र पारेको छ। स्थानीयले आरोपितका बाबुले आफैँले छोरो भगाएको आरोप लगाउँदै आएका छन् । ती बलात्कृत बालिकाको स्थानीय अस्पतालमा उपचार भईरहेको छ।

Comments