यू १५ महिला साफ च्याम्पियनसिप : पहिलो जितबाटै नेपाल सेमिफाइनलमा


काठमाडौं (हाम्रो खेलकुद)– नेपाली यू १५ महिला टोली भुटानमा जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । अघिल्लो संस्करणमा पहिलो चरणबाटै बाहिरिएको नेपालले यसपटक पहिलो खेलमा आज पाकिस्तानलाई ४–० लाई हराएसँगै अन्तिम चारको यात्रा तय गरेको छ ।

यो नतिजापछि समूहको अर्को टोली बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ । बंगलादेशले पहिलो खेलमा पाकिस्तानलाई १४–० ले हराएको थियो । नेपाल र बंगलादेशबीच हुने खेलको नतिजाले समूह विजेता उपविजेताको टुंगो लगाउने छ । दुवै खेल हारेपछि पाकिस्तान प्रतियोगिताबाट बाहिरएको छ ।

पहिलो हाफमा २–० ले अग्रता लिएको नेपालले दोस्रो हाफमा अर्को २ गोल थपेको थियो । अनुष्का शेर्पाले आठौं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता लिएको थियो । सविता राना मगरले १४ औं मिनेटमा गोल गर्दै अन्तरलाई दोब्बर पारेकी थिइन् ।

Comments