काठमाण्डौ उपत्यका बासीन्दाहरुको लागि अत्यन्तै दुखद खबर : पुरा पढ्नुस



काठमाण्डु, ४ भदौ– सरकारले गरेको बजार अनुगमनको विरोधमा तरकारी तथा फलफूल व्यवसायी आन्दोलित भएका छन् ।

तरकारी व्यवसायी महासंघले भोलि (मंगलबार) देखि कालिमाटी तरकारी बजारबाट तरकारी बिक्री नगर्ने चेतावनी दिएको छ । बाणिज्य, आफूर्ति था उपभोक्ता हित संरक्षण विभागको टोलीले सोमबार कालिमाटी तरकारी बजारको अनुगमन गर्न खोज्दा व्यवसायी अनुगमनकर्तामाथि जाइलाग्नुका साथै उनीहरुलाई भित्रै थुनेर राखेका थिए ।

त्यसलगत्तै बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव काठमाण्डुका प्रमुख जिल्ला अधिकारीसहित प्रहरी लिएर कालिमाटी पुगेका थिए । यादवसँगै गएका प्रहरीले अनुगमनकर्ता कर्मचारीलाई बन्धक बनाउने तरकारी तथा फलफूल व्यवसायी महासंघका महासचिव भरत खतिवडासहितलाई पक्रेको विरोधमा व्यवसायी आन्दोलित भएका हुन् ।

महासंघका अध्यक्ष खुमप्रसाद अधिकारीले सरकारले आफूहरुमाथि ज्यादतीपूर्ण हस्तक्षेप गरेको आरोप लगाए । उनले सरकारी हस्तक्षेपको विरोधमा भोलि (मंगलबार) देखि तरकारी र फलफूलको बिक्री वितरण रोक्ने निर्णय भएको उल्लेख गरे । स्टक रहेको तरकारी भने मंगलबार बिहान ७ बजेभित्रै बेचिसक्ने र बाँकी तरकारी किसानबाट नउठाइने उनले बताए

Comments