एजेन्सी। अमेरिकाले अन्य देशका विद्यार्थीहरुमाथि लागू हुनेगरी विद्यार्थी नीतिमा कडाइ गरेको छ। यसको उल्लंघन गरेको भोलिपल्टै विद्यार्थी र उनका परिवारको अमेरिका बसाइ गैरकानुनी हुनेछ।
त्यतिबेला उनीहरुको भिसा अवधि समाप्त नभएको भए पनि नियम उल्लंघन गरेमा तत्काल भिसा समाप्त भएको मानिनेछ। यो नयाँ प्रावधान ९ अगष्टदेखि लागू गरिएको छ।
यसअघि दोषी प्रमाणित भएपछि मात्र अमेरिका बसाइ अवैध मानिने प्रावधान थियो । नयाँ नीतिअनुसार अवैध रुपमा १८० दिन अमेरिकामा बस्नेहरुलाई पुनः अमेरिका प्रवेशका लागि १० वर्षसम्मको प्रतिबन्ध लगाउने व्यवस्था छ।
कुनै पनि विद्यार्थीले संस्थानलाई पूरा समय नदिएमा स्टुडेन्ट स्टाटसको उल्लंघन मानिनेछ पढाइ पूरा भइसकेपछि पाइने ग्रेस समयभन्दा धेरै अमेरिकामा बस्ने वा त्यहीँ जागिर गर्दा पनि कारवाही भोग्नुपर्नेछ।
Comments
Post a Comment