
पोखरा, भदौ ९
पोखराको लामाचौरमा १३ बर्षिय बालिकाको रहस्यमय मृत्यु भएको छ । विन्ध्यवासीनि मावि बटुलेचौरमा कक्षा ६ मा अध्ययनरत पुष्पा केसी शुक्रबार साँझ मृत फेला परेकी थिइन् ।
बिहीबार विद्यालयबाट फर्किदा बाटैबाट उनी बेपत्ता थिईन् ।विद्यालयको बसले करिब साढे ५ बजे छाडेपछि उनी घर नपुगेपछि बिहीबार साँझबाटै परिवार र स्थानीयले उनको खोजी गरेका थिए ।
उनको खोजी गर्ने क्रममा शुक्रबार साँझ मृत अवस्थामा फेला परेकी छन् । पोखरा १९ फापरतरोमा केसी सव भेटिएको प्रहरीले जानकारी दिएको छ । उनको घर पोखरा १९ जिमेरे देखी करिब साढे दुई किलोमिटर पर सव भेटिएको हो ।
उनको झोला भने पोखरा १९ ढाडमा घर देखी करिब १ किलोमिटर पर भेटिएको थियो । उनको बलत्कार पछि हत्या भएको हुन सक्ने स्थानीयले बताएका छन् । उनको शब झारले छोपेको अवस्थामा भेटिएको थियो । उनको जामा र विद्यालयको बेल्ट फुकालिएको स्थानीले बताए ।
सोत्र: डिएनए नेपाल
Comments
Post a Comment