स्यावास ! कन्चनपुरे साहासी महिला जसले निर्मलाको हत्याकाण्डमा सरकारलाई झुकाए


काठमाडौं । एउटा तथ्यांक अनुसार कञ्चनपुरको जनसंख्या ४ लाख ५१ हजार भन्दा बढी छ । जहाँ महिलाको संख्या ५२ प्रतिशत छ । डोट्याली बोल्नेको संख्या ४० प्रतिशत छ । सारक्षताको हिसाबले पुरुष बढी, तर एसलएसीभन्दा बढी शैक्षिकस्तरमा महिला बढी । यो २०६८ सालको तथ्यांक हो ।

निर्मला हत्याकाण्डपछि चर्चाको शिखरमा पुगेको कञ्चनपुर महेन्द्रनगरको आन्दोलनमा थालनीदेखि सरकारलाई हायलकायल पार्नमा महिला अग्र पंक्तिमा देखिए । स्यावास कन्चनपुरे महिला ! शासकहरुलाई सवक सिकाउन सफल भएकोमा ! !

साउन १० गते दिउँसोदेखि निर्मलाले घर छाडिन् । साँझमा मात्रै आमाको मनमा चिसो पस्यो । रोशनी भनिने आँचल बमको घरमा गएकी छोरी त्यसपछि कहिल्यै नफर्किने बाटोमा गइन् । सायद निर्मलाले त्यही रात संसार छाडिन् । तर नागरिकको सुरक्षा गर्ने जिम्मा लिएका नालायकहरुले नै निर्मलाले किन, कहाँ र कसरी संसार छाड्नु पर्यो भन्ने हक समेत पन्त परिवारबाट खोस्ने जमर्को गरे ।

शुरु भयो महिलाको आन्दोलन :
औषत नेपाली समाजको चरित्र स्वार्थी बन्दै गएको छ । टाढाका मान्छेको कुरा के गर्नु छिमेकमै पनि कसैलाई गाह्रो साह्रा पर्दा अगाडी सर्न नपरे हुन्थ्यो भन्ने चाहन्छ मान्छे । अझ पछि लफडामा पर्ने संकेत पायो भने पन्छिइहाल्छ । कंचनपुर सीडीओ कार्यालयकै केही कर्मचारीले उनीहरुलाई थाहा भएकै कुरा पनि सरकार ढाँटेको अनुभव छ । आफन्तलाई भनेको सुनियो : थाहा छ, तर किन भन्नु ? बरु थाहा छैन भन्द्यो टन्टै साफ । यो प्रसंग विशेष गरी रोशनी र बबिता भनिने अनतिा बमको बारेमा जिज्ञासा राख्दाको बेला थियो । तर कन्चनपुरका केही साहसी महिलाले कस्सैको परवाह गरेनन्, बरु जोखिम मोले, प्रहरीको लाठी, अश्रुग्यास र गोली खाए, अस्पताल भर्ना भए । तर न्यायिक लडाइँमा एक थोपा सम्झौता गरेनन् । अहँ गरेनन् । जिरो टलरेन्स । जिरो कम्प्रोमाइज।



कथा यसरी शुरु हुन्छ :
अनिता बमको घरमा छिर्न नपाएपछि र छोरीको अवस्था थाहा पाउन नसकेपछि निर्मलाले स्थानीय प्रहरी गुहारिन् । प्रहरी असहिष्णु बन्यो । आडम्बरी पारा देखायो । घर छाडेकै साँझ उनकी आमाले हार गुहार गरिन् । तर शहरको सभ्यता सिकेकाहरुले उनलाई साथ दिएनन् । तर भित्रभित्र हल्ला चलिसकेको थियो । त्यसको भोलीपल्ट बिहानदेखि गाउँ टोलछिमेकका महिला भेला भए । पुरुषको उपस्थिति भएन । महेन्द्रनगरमा केही आमा समूह र केही महिला समिति छन् ।

सदावहार महिला विकास समिति, चौतारी महिला समिति, लालिगुराँको अर्को आमा समूह लगायत । शुरुमा तात्तिए, सदावहार र चौतारी महिला समूहका सदस्य । उनीहरुले केही दिदी बहिनी भेला पारे र जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना दिन थाले हेलेन श्रेष्ठ, उमा रिजाल, मन्जु गिरी लगायतको अगुवाइमा । लगातार ४ दिनसम्म धर्ना दिँदा एक जना पुरुष धर्नामा सामेल हुन आएन । तर त्यही बेला, निर्मलाका अभिभावकले छोरीको शव बुझेर दाह संस्कार गरे ।

आन्दोलन जारी राखेको महिला समूह एक्कासी निर्मलाको दाहसंस्कार गरेको खबरले आक्रोशित बन्यो । त्यसपछि निर्मलाको दाहसंस्कार गरेको २ दिनसम्म आन्दोलन सामसुम भयो । प्रशासनले सोच्यो अब आन्दोलन सकियो । महेन्द्रनगर प्र्रहरी र प्रशासनले हाइसन्चो मान्यो । यो दुई दिनको अवधिमा अर्को हल्ला चल्यो : निर्मलाका बा आमाले पैसा खाएर छोरीको लास फाले । महिला समूहले निर्णय लियो ः निर्मलाको घरमा गएर यज्ञराज र दुर्गा (निर्मलाका बाआमा) सँगै कुरा गर्ने । बिचैमा आन्दोलन रोक्नु पर्दा दिक्दारीमा परेको महिला समूह निर्मलाको गरमा गयो । आफुहरुले न्यायका लागि गरेको आन्दोलन खेर फालेको भन्दै यज्ञराज र दुर्गालाई करायो : “हाम्ले लगायतार ४ दिन आन्दोलन गरेका थेम्, अपराधी नभेटिकन किन पैसा खायौ” ?

दुर्गा र यज्ञराजले जवाफ दिएः “हामी भागी भागी अरुको घरमा गाथेम् । पुलिस आए, गाडीमा राखेर लगे । हप्की दप्की लगाए । भोली तिमीहरुलाई कस्सैले साथ दिँदैन । हाम्ले पनि हेर्दैनम् भनेर डर दिए । त्यसपछि साइन् (हस्ताक्षर) गराको हो” ।

फेरी जाग्न थाल्यो मिहला आन्दोलनः
दुर्गा र यज्ञराजले यति भनेपछि, महिलाहरु तत्काल गाउँमा आएर संघर्ष सिमिति गठन गरे, माया मेघीको संयोजकत्वमा । तर उनी पार्टीमा आवद्ध भएकोले राजनीतिक रंग आउन सक्ने र राजनीति गरे भन्छन् भनेर, हेलेन श्रेष्ठलाई संयोजक बनाए । त्यसपछि हेलेन श्रेष्ठको नेतृत्वमा, उमा रिजाल, मन्जु गिरी लगायत गाउँका सबै दिदी बहिना मिलेर लगातार २३ दिनसम्म नारा जुलुसहित जिप्रका, जिल्ला प्रशासन अगाडी धर्ना दिए । २३ दिनपछि बल्ल ठूलाबडा भनिएका महिला अधिकारकर्मी पुुगे महेन्द्रनगर ।

तर उनीहरुले हतोत्साह गर्ने गरी कुरा राखेः “तपाईहरुको आवाज केन्द्र सम्म पुुग्दैन । तर्पांहरुले नारा लागेर के गर्ने ? संयोजक बदलेर आन्दोलन गरौं” । उनीहरुले ठाउँका ठाउँ विरोध गरे : “अधिकारकर्मी भनेर हिँड्नेहरु २३ दिन सम्म काँ जानुभाथ्यो ?, अहिलेसम्म कसैले केही वास्ता नगर्ने अहिले आएर ठूला कुरा गर्ने”? उनीहरुको बातो बस्यो । त्यतिका दिनसम्म न स्थानीय न बाहिरका कुनै पनि पत्रकार र मिडियाले महिला आन्दोलको एक शब्द लेख्ने जमर्को गरेन ।



यसरी लियो आन्दोलनले नयाँ मोडः
निर्मला हत्याको २४ औ दिनमा महिलाप्रेमी एसपी डिल्लीराज बिष्टले चमत्कार देखाए। मानसिक सन्तुलन बिग्रेका दिलिपसिंह विष्टलाई यही हो निर्मलाको हत्यारा भनेर सार्वजकि गरे । यो अवधिमा उनले अनिता बमको घरको अम्बाको रुख ढाल्न र रंगरोगन गर्न लगाइसकेका थिए ।

दिलिपसिंह विष्ट सार्वजनिक भएसँगै महिला आन्दोनलकारीमाथि धम्की आउन थाल्यो । नचिनेको नम्बरबाट फोन आउने, ज्यान खतरामा छ, बाहिर नआउनु होला, होस् गर्नू भनेर । प्रहरी त उनीहरुको दुश्मन भइसकेको थियो । उनीहरुलाई असुरक्षित महसुस हुन थाल्यो । त्यसपछि महिला आन्दोलन मत्थर हुन थाल्यो । आन्दोलनकारी महिला घरमै बस्न थाले ।

कडा अन्दोलनको थालनी :
टीकापुरका व्यापारीलाई थाहा थियोः दिलिप सिंहको मानसिक हालत ठीक छैन । ऊ महिलासँग डराउने, भाग्ने । कताको निर्मलाको साइकल बनाइदिने, बोकेर उखुबारीमा लैजाने, बलात्कार गर्ने त्यो पनि अस्थायी साधन लगाएर ? एसपी विष्टको दाबी महेन्द्रनगरबासी कस्सैले पत्याएन । अब व्यापारी र पुरुष अधिकारीकर्मी पनि जाग्न थाले। वास्ताविक अपराधी नखोजेर मानसिक सन्तुलन बिग्रिएको मान्छेलाई सार्वज्निक गरेको हो भन्दै व्यापारी, यातायात व्यवसायी सैे स्वस्फूर्त दोकान व्यायार बन्द गरेर सडकमा उत्रन थाले । अब भने साँच्चैको कडा आन्दोलन शुरु भयो ।

व्यापारी र आम नागरिक समेत आन्दोलनमा उत्रन थालेपछि महिला समूह बाहिर निस्केर आन्दोलनमा मिस्सियो । आफैंले आन्दोलनको शुरुवात गर्ने महिलाहरु अब आन्दोलनधको हिस्सा बन्नुु पर्ने अवस्था आयो । तर शुरुदेखि नै नोटिसमा परेका महिला अभियन्ता सडकमा आउनासाथ प्रहरीको तारो बने ।

महाकाली अञ्चल अस्पतालमा उपचार गराउँदै महिला अभियन्ता
प्रहरीले छानिछानी लाठी, बुट र मान्छे ताकेरै टियर ग्यास हान्न थाल्यो । आन्दोलनका क्रममा थुप्रै महिला अभियान्ता घाइते भए । उनीहरुको अझै कन्चनपुर र धनगढीका अस्पतालमा उपचार भइरहेको छ । केही स्वास्थ्यमा समान्य सुधार हुनथालेपछि घर फर्किएका छन् ।



निर्मला हत्याकाण्डको टुंगो लागेको छैन । आन्दोलनकारीको न्यूनतम माग पुरा भएको छ। एसपी विष्ट सहित तत्कालिन डीएसपी, इन्सपेक्टर र प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का कन्चनपुरमा टिक्न पाएनन् । आन्दोलमा घाइतेभएर उपचार गराएका र गराइरेहका महिला अभियन्तालाई कुनै नेतासेताले सहयोग गरेका छैनन्, भेट्न गएका छैनन् ।

दिदीबहिनीले आफैं पैसा उठाएर उपचार गराएका छन् । तर आन्दोलनका घाइतेलाई कुनै पछुतो छैन । उनीहरु भन्छन् : “जे सुकै होस् जस्तो सुकै होस् महिला अधिकारको लागि लड्न छोड्दैन । मरे भने पनि लड्न छोड्ने हैन” । सलाम् साहसी कन्चनपुरे महिलालाई !

स्यावास साहसी कन्चनपुरे महिला, सलाम् !

Comments