ज्याेतिष लाेहनीकाे भविष्यवाणी : अाेली सरकार अब १८ महिना मात्रै टिक्छ


ज्याेतिष लाेहनीकाे भविष्यवाणी : अाेली सरकार अब १८ महिना मात्रै टिक्छ (भिडियो सहित)

काठमाडौँ : ज्योतिष ओजराज लोहनीले ओली सरकार अबको अठार महिना भन्दा धेरै नटिक्ने भविष्यवाणी गरेको छ ।

अरनिको टेलिभिजनको कार्यक्रम दृष्टिकोणमा कुराकानी गर्दै लोहनीले उक्त कुरा बताएका हुन्।

नेकपाका अर्को अध्यक्ष प्रचण्डको जन्मकुण्डली अत्यन्त बलवान र उतरचढाब धेरै हुने जन्मकुण्डली हुनाले प्रचण्ड फेरी पनि प्रधानमन्त्री हुन सक्ने लोहनीको भविष्यवाणी छ।

प्रधानमन्त्री ओलीको मिथुन र प्रचण्डको मकर राशी हुनाले ओली र प्रचण्डबिच दिर्घकालीन एकता र ऐतिहासिक मिलन रहन सक्ने सम्भावना नरहेको दाबी लोहनीले गरे।
-satyakhabar

Comments