
चितवन – नारायणगढ मुग्लिन सडकखण्डको खहरेखोला भन्ने ठाउँमा आज दिउँसो बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।मृत्युहुनेमा बसका चालक गोरखा आरुपोखरीका ४० वर्षीय काजिराम योगी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ना४ख ७५१३ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको लु१ख ७४०६ नंको ट्रक भरतपुर महानगरपालिका–२९ खहरे खोलास्थित आज दिउँसो ३ः१५ बजे एकापसमा ठोकिएको थियो ।दुर्घटनामा परी घाइते भएकामध्ये २७ जनाको पुरानो मेडिकल कलेज र ६ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ । घटनापछि अवरुद्घ सडक केहि समयपछि सञ्चालनमा आएको छ ।
ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाँउपालिका ३ हर्कपुरमा एक युवक मृत अवस्थामा फेला परेको छ । आफ्नै कोठामा मृत अवस्थामा फेला परेका २७ वर्षिय सन्तोष कार्कीको हत्या भएको आशंका गरिएको छ ।
मंगलबार बिहान संगै खाना खाएर धान गोड्न निस्किएका परिवारका अन्य सदस्यहरु दिउसोपख घर फर्कदा कार्की आफ्नै कोठामा अचेत अवस्थामा फेला पारेको पारिवारीक श्रोतले जनाएको छ । कार्की लडेको कोठा वरपर रगतले लत्पतिएको देखेपछि परिवारले छिमेकीलाई खबर गरे । छिमेकी जम्मा भएर उत्त घटनाको बारेमा प्रहरीलाई सुसुचित गरेपछि ईलाका प्रहरी कार्यलय रामपुरको टोली मंगलबार बेलुका नै घटना स्थल पुगे । तर घटनाको प्रकृती शंकास्पद रहेपछि उक्त टोलीले केहि गर्न सकेन ।
बुधबार बिहान करीब १० बजेतिर पुन: जिल्ला प्रहरी कार्यलयबाट प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माको टोली घटनास्थल पुगी घटनाको बिषयमा अनुसन्धान गरिरहेको छ । प्रहरी प्रमुख शर्माले हत्याको प्रकृती हेर्दा युवकको आत्माहत्या नभई हत्या भएको हुनसक्ने बताए । तर स्थलगत रुपमा लासको प्रकृती हेर्दा मृतकका शरिरभरी चोटै चोटको निसानी रहेको र लास समेत रगतमा लत्पतिएको फेला परेपछि हत्याको आशंका गरिएको हो । शर्माले भने , ‘मृतकको शरिर रगतले लत्पतिएको भेटियो, घर नजिकैको करेसा बारीमा १ जोर चप्पल , छुरी र करिब ३ सय मिटर पर रगत लागेको सर्ट समेत फेला पर्यो ’।
यसो भन्छन् सहपाठी
मोलुङ गाँउपालिकाका सुचना अधिकारी गोपाल नेपालका अनुसार कार्की काठमाण्डौ बसेर पढ्ने गरेको भएपनि बिगत डेढ महिनादेखी गाँउमै बस्दै आएका थिए । मृतक कार्कीसंगै एसएलसी सम्म संगै पढेका नेपाल शिक्षित परिवारका मिलनसार केटा रहेको बताउछन् । ‘ म अफिसबाट फर्किदै थिए अचानक सन्तोषले विष खाएर आत्माहत्या गर्यो भन्ने खबर आयो । म त्यतैबाट उनको घर तर्फ गए,त्यहाँ पुग्दा घटना विष खाएको हैन हत्या भएको जस्तो देखियो’ उनले भने ।
सन्तोष कोठामा लडिराखेको र वरपर रगत नै रगत रहेछ । उनले लगाएको सर्ट पनि काटिएको थियो मैले त्यो देख्नै सकिन’ । संगै खाना खाएर धान गोड्न आमाबबु निस्केपछि माथि (केराबारी) भन्ने स्थानबाट अपरिचित ब्यक्ति सन्तोषको घर सोध्दै झरेको स्थानीयले बताएका छन् ।
यसो भन्छन् वडा अध्यक्ष
वडा अध्यक्ष राम कार्कीका अनुसार स्थानीयले देखेको ब्यक्तिले दाह्री पालेको कालो तथा सेतो मिसीएको चेक सट , टाउकोमा क्याप र खुट्टामा चप्पल लगाएका थिए । हत्यापछि उक्त ब्यक्तिले लगाएको सर्ट करिब ३ सय मिटर पर फेला परेको र चप्पल करेसाबारीमा फेला परेकाले उनैले हत्या गरेको अध्यक्ष कार्कीले बताए । ‘दिउसोपख माथीका मान्छेहरुलाई भतिजको घर सोध्दै झरेको रहेछ । स्थानियले पनि घर बताएछन् तर उनलाई राम्रोसंग नियालेनछन् ’कार्कीले भने ।
मृतकको घर एकान्तमा रहेको छ । कार्कीले काठमाण्डौमा रहेर डिप्लोमा सकाएका थिए । उनका दाजु समेत नेपालमा डक्टर सकाएर विदेशमा पढ्न गाएका छन् । मृतक कार्की मोलुङ ३ का वडा अध्यक्ष राम कार्कीका भतिजा हुन् ।
source-news24nepal
Comments
Post a Comment