भारतको हरिद्वारदेखि नेपालको पशुपतिसम्म यी बाबा १ वर्षमा यसरि सुतेर यात्रा गर्दै आइपुगे



मनमा इच्छा भए कसैले पनि रोक्न सक्दैन भन्ने सिद्ध गरिदिएका छन् एक तपस्ी बाबाले । भारतको उत्तराखण्डमा रहेको हरिद्वारदेखि पशुपतिको यात्रा त्यो पनि घ्रसँदै । सुन्दा पनि अचम्म लाग्न सक्छ यति लामो यात्रा यसरी कसरी तय भयो होला भनेर ।

हरिद्वारबाट पशुपति आई पुग्न उनलाई १ वर्ष लागेको छ । आध्यात्मिक आस्थामा लिप्त भएका व्यक्ति कस्तो–कस्तो तपस्या गर्न सक्छन् रु एक्काइसौं शताब्दीमा पनि ।

आस्था र विश्वास घट्दै गइरहेको पछिल्लो समयमा पनि एक जना तपस्वीले कठिन यात्रा गरेका छन् । उनी घस्रँदै भारतको उत्तराखण्डस्थित तीर्थस्थल हरिद्वारबाट नेपालको पशुपतिनाथ पुगेका छन् । दुवै तीर्थस्थल हिन्दू धर्मावलम्बीका आस्थाका केन्द्र हुन् ।

भारतका शुक्रन्दन बाबाले सुतेर नापिँदै हरिद्वारबाट शुरू गरेको यात्रा काठमाडौंको पशुपति पुगेको छ । उनले पशुपति दर्शनका लागि कठिन तपस्या गरेर यात्रा गरेका छन् ।

गाडी–मोटर वा पैदल हिँडेर होइन, सन्यासी बाबा सुतेर सडक नाप्दै, घस्रिँदै भारतको हरिद्वारबाट पशुपतिनाथ आएका छन् ।



हरिद्वारबाट पशुपति पुग्न उनलाई १ वर्ष लागेको जनाइएको छ । गत पुस महिनामा उनी पूर्वपश्चिम राजमार्गको कञ्चनपुरको खण्डमा यात्रा गरिरहेका थिए ।

पुण्य प्राप्त हुने विश्वासका साथ उनले सुतेर सडक नाप्दै घस्रिँदै तीर्थयात्रा गरिरहेका छन् । सर्वसाधारणले देख्न बाबाको यात्रा कठिन लागेपनि उनले आफूलाई सहज नै लागेको बताएका छन् ।

Comments