सधै विवादमा आइरहने ज्योती मगर र सोनिकाले संगै नेपाल छाडे-फर्किएलान त कतारबाट? (भिडियो)


ज्योती मगरको जन्म रोल्पा जिल्लाको नुवागाउँ गाविसमा भएको थियो, पछी उनी सानै हुँदा उनको परिवार दाङमा बसाई सर्यो । उनको परिवारमा बुवाआमा लगायत एक जना भाइ एक जना बहिनी छन् । उनले दाङबाट एसएलसी पास गरिन र प्रविणता प्रमाणपत्र तह सुरु गरिन तर पढाई बिचमा नै छाडेर उनी सांगीतिक क्षेत्र तिर लागिन ।

प्रारम्भमा डान्सरको रूपमा करियरको सुरुवात गरेकी ज्योतीले काठमाडौं आएपछि केही वर्ष रंगमञ्च तथा रेडियो नाटकहरूमा अभिनय गरिन् ।[१] विसं २०६३ मा उनले पहिलो गिती एल्बम रेकर्ड गरिन तर उक्त एल्बम मञ्चन नै भएन । उनको दोस्रो र तेस्रो गिती एल्बम माया सँग र उही मुलाको सिन्की उही मुलाको चाना बजारमा आए पछि उनी चर्चामा आइन् ।

उनी अझैं चर्चामा आउनुको कारण उनको ‘ढाडे बिबिरालो’नामक गीत रहेको छ जसमा उनले एकदमै अश्लिलता झल्किने खालको अभिनय गरेकी छिन् ।[स्रोत नखुलेको] त्यस यता पनि उनका थुप्रै अश्लिलताले भरिपूर्ण म्यूजिक भिडियोहरू बजारमा आईरहेका छन् र खुबै चर्चा पनि पाईरहेका छन्[स्रोत नखुलेको] तर सकारात्मक चर्चाभने कमान सकेका छैनन् तर पनि उनले त्यसलाई नै सफलता ठान्दै अघि बढीरहेको पाईन्छ ।

Comments