महिलाको शरीरको यस्तो रहस्यमय भाग, तपाइँलाई थाहा छ?



बीबीसी। महिला पुरुषभन्दा धेरै बाँच्छन् भन्ने गरिन्छ। विज्ञानका अनुसार यही कारण महिलाको जटिल शारीरिक संरचना हुन्छ। तीमध्ये पनि सबैभन्दा जटिल भनेको महिलाको कोख हो। प्रजनन् अंगको संरचना जसलाई अंग्रेजीमा पेल्विक फ्लोर भनिन्छ।

सामान्यतया मानिसहरुले महिलाको कोख बलियो हुनुपर्ने सल्लाह दिन्छन्। तर पेल्विक सिस्टमले कसरी काम गर्छ? यसो विषयमा आजसम्म ठोस रुपमा कुनै पनि जवाफ आएको छैन। पेल्विक फ्लोर पुरुषमा पनि हुन्छ। तर पुरुषले महिलाले जस्तो बच्चा जन्माउँदैनन्। त्यसकारण पुरुषले महिलाले जस्तो दुखको सामना गर्नुपर्दैन।

के हो पेल्विक फ्लोर

पेल्विक फ्लोर शरीरको त्यो भाग हो, जसमा ब्याडर, युटेरस, वजाइना र रेक्टम हुन्छन्। यी भाग महिलाको शरीरको सबैभन्दा मुख्य भागलाई सुरक्षित गर्छन्। विशेषगरी महिलाको कोखलाई सही रुपमा काम गर्न सहयोग गर्छन्।

तर, विश्वभरका लाखौं महिलाको कोखमा कुनै न कुनै समस्या हुन्छ। यो महिलाको शरीरको सबैभन्दा महत्वपूर्ण भाग हो। यसका बावजुद यो विषयमा अनुन्धान नगन्य रुपमा मात्र भएको छ।

अमेरिकाको मिशिगन युनिभर्सिटीमा पेल्विक फ्लोर रिसर्चर र गाइनेकोलजिस्ट जेनिस मिलरका अनुसार शारीरिक संरचना दिमागपछि सबैभन्दा जटिल पेल्विक फ्लाेर हो।

शोधकर्ताकालागि अहिलेसम्म यो शरीरको रहस्यको हिस्सा बनेको छ। पेल्विक सिस्टम कोखको हड्डीभित्र लुकेको हुन्छ। जहाँ पुग्न सजिलो हुँदैन।
यो बाहेक शारीरिक संरचनामा हरेक चीज एकअर्कासँग जोडिएका हुन्छन्। चर्चित जन्स हापकिंस युनिभर्सिटीमा गाइनेकोजालीको प्रोफेसर विक्टोरी हाँडाका अनुसार पेल्विक फ्लोरको कुनै पनि क्षतिले महिलाको पूरै जिन्गदीलाई असर पुर्याउन सक्छ।

यद्यपी यो दुखले जिन्दगीमा कुनै खतरा हुँदैन त्यही भएर आम मानिसले यो विषयमा धेरै ध्यान दिएका छैनन् भने शोधकर्ताले पनि यो विषयलाई गम्भीरतापूर्वक लिएका छैनन्। प्रोफेसर हाँडाका अनुसार धेरैजसो महिलालाई पेल्विक फ्लोर डिसअर्डरको समस्या हुँदैन केही थोरै महिलालाई मात्र हुन्छ। तर त्यो खतरनाक पनि हुँदैन।

Comments