काठमाडौंका मेयरसँग प्रधानमन्त्री असन्तुष्ट, ठाडो निर्देशन


काठमाडौं, ९ भदौ । ३ भदौमा प्रधानमन्त्री केपी ओलीको कार्यकालको ६ महिना पूरा भएको छ । सरकारले सयदिने उपलब्धि र पाँचमहिने उपलब्धिका विवरण पनि सार्वजनिक गरेको छ । कार्यक्रमहरूमा लामै प्रवचन दिने स्वभावका प्रधानमन्त्री ओली समृद्ध नेपालका लागि अब अलमलिने छुट कसैलाई नभएको बताउने गर्छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

कतिपय महत्वपूर्ण विषयमा सक्रियता देखाउँदै सम्बन्धित निकायलाई तत्काल निर्देशन पनि दिने गर्छन् । विकास निर्माण, सुशासन र शान्तिसुरक्षाका सवालमा आफ्नै पहलमा महिनामा कम्तीमा ४–५ वटा बैठक बोलाएर जिम्मेवार निकाय र व्यक्तिलाई उनले निर्देशन दिने गरेका छन् । उनका पछिल्ला केही प्रतिनिधिमूलक मुख्य निर्देशन कार्यान्वयनको अवस्था कस्तो छ ?

यहाँ प्रधानमन्त्रीको ठाडो निर्देशन

-काडमाडौंका सडक निर्माण र पुनर्निर्माण
-कोटेश्वरको जाम हटाउन वैकल्पिक मार्ग
-सडकका पोल हटाइए
-बजार अनुगमन तीव्र
-कालिमाटी तरकारी

बजारमा ‘एक्सन’



-समयअगावै वाइडबडी जहाजको उडान
-वैदेशिक ठगी नियन्त्रण
-एक नेपाली, एक फलफूल बिरुवा अभियान

सडकमा धेरै चासो

२७ असार : कलंकी–थानकोट र बौद्ध–चाबहिल–जोरपाटी सडक सुधार गर्न मन्त्री र सचिवलाई निर्देशन

१५ साउन : निर्देशनअनुसार काम भए–नभएको बुझ्न विभिन्न मन्त्रीलगायत अधिकारीको बैठक

परिणाम : १२ भदौभित्र काम सक्ने गरी तीव्र गतिमा सडक सुधारको काम हुँदै

काठमाडौंका मेयरसँग प्रधानमन्त्री असन्तुष्ट

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई प्रधानमन्त्रीले पटक–पटक निर्देशन दिएका छन् । शाक्य ‘परिणाम देखाउँछु’ भन्ने जवाफ मात्र फर्काउँछन् । उनको कार्यशैलीले सरकार आलोचित भएकोमा प्रधानमन्त्री ओली असन्तुष्ट छन् ।

Comments