
एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको इन्गेजमेन्ट पार्टी आज मुंबईमा हुँदैछ। यसका लागी निकले आफ्नो परिवार लिएर हिजो नै मुम्बइ आइपुगेका छन् ।पार्टीका लागि प्रियंकाले साथी र नजिकका आफन्तलाई निमन्त्रणा दिइसकेको बताइएको छ ।तर भारतिय संचारमाध्यमका अनुसार उक्त इन्गेजमेन्ट पार्टीमा सलमान खान, शाहरुख खान, रणबीर कपुर, अनुष्का शर्मा सहभागी नहुने बताइएको छ ।
सलमान खान पछिल्लो समय आफ्नो आउँने फिल्म भारतको छायांकनको शिलशिलाका क्रममा माल्टामा रहेका छन्। यस कारण उनी प्रियंकाको पार्टीमा सहभागी हुन पाउँदैन्। शाहरुख खान प्रियंकाका नजिकका रिश्तेदार मानिन्छन्। तर पनि उनी प्रियंकाको पार्टीमा शामेल हुने छैनन्। किनकी उनी यो बेला फिल्म जीरोको छायांकनमा व्यस्त छन्। त्यही कारण उनका परिवारै क्यालिफोर्नियामा छन्।
अनुष्का प्रियंकाकी निकै मिल्ने साथी हुन्। तर पनि उनी प्रियंकाको इन्गेजमेन्ट पार्टीमा सहभागी हुने छैनिन्। किनकी उनी अहिले लण्डनमा छिन्।रणबीर कपुर पछिल्लो समय बुल्गारियामा आफ्नो आउने फिल्म ब्रह्मास्त्रको छायांकनमा व्यस्त भएको हुनाले सहभागी हुन नपाउने बताइएको छ ।
Comments
Post a Comment