मेयर हुनु त यस्तो ! गाडी किन्न आएको पैसाले जनताको घरमा जस्ताको छानो


लेटाङ धेरै स्थानीय निकायका नगरप्रमुखहरुले नगरको बजेट दुरुपयोग गरेको,महंगो गाडी खरिद गरेको लगायतका खबरहरु बाहिर आईरहँदा मोरङको लेटाङ नगरपालिकाका मेयर शंकर राईले गाडी किन्न नगरसभाले छुट्याएको ६५ लाख रुपैँयाले नगरमा फुसको छानो भएका घर हटाएर जस्ताको छानो हाल्न खर्चिने घोषणा गरेका छन ।

जिल्लाकै कर्णाली भनेर चिनिने तत्कालीन वारङगी,भोगटेनी गाबिस हाल लेटाङ नगरपालिका वडा नम्बर १,७,८ मा रहेको सयौँ घरहरु जहाँ फुसको छानो मात्र छ,प्रष्ट नेपाली भाषा बोल्न आउँदैन,बिकासको मुहार देखेकै छैनन,त्यहि क्षेत्रमा गाडी खरिदका लागी नगर परिषदबाट छुट्टिएको रकममा थप गरी जस्ताको छानो हाल्ने योजना बनाएको नगरप्रमुख राईले सुनाए ।अन्य नगरहरुममा गाडी खरिदको प्रक्रिया अघि बढेपनि आफुले गाडी नकिन्ने बरु नगरका बिकट क्षेत्रका बासिन्दा जहाँ फुसको छानो भएका घरहरु छन,त्याँहा जस्ताको छानो हालिदिने र त्यसका लागी डेढ करोड जति खर्च हुने उनले बताए ।

मापदण्ड तयारी गरि फुसको छानो भएका घरहरुमा जस्ताको छानो हाल्ने तयारी भईहेको र जस्का लागी हरेक घरका बालबालिका बिद्यालय गएको हुनुपर्ने,शौचालय निर्माण गरेको हुनुपर्ने,नगरका नियम कानुन मानेको हुनुपर्ने लगायतका मापदण्ड तयारी गरी जस्ताको छानो हालिदिने उनले बताए ।



जिल्लाकै सबैभन्दा बिकट मानिएको सो क्षेत्र जहाँ बिकासको लहर आएकै छैन,त्याँहा जनतामा अशिक्षा,बेरोजगारी लगायतका समस्या बिकराल छन,त्याँहा जनताले लोकतन्त्र र संघियता रेडियोमा मात्र सुनेका छन,उनीहरुलाई यहि आभाष दिलाउन पनि आफुले यो कदम उठाएको नगरप्रमुख राईले बताए । उनीसँग बिहिबार बिहान भएको टेलिफोन संवादमा उनी भावुक समेत बने,कर्णाली भन्दा दुर्गम क्षेत्र,जहाँ अभाव नै अभाव छ,थोरै भएपनि केही गर्न सक्छु कि,उनीहरुको पिडामा मल्हम लगाउन सक्छु की,त्यहि भएर यो कदम उठाएको हुँ उनले भनेका छन ।

नगर प्रमुख भएपछि बिकास निर्माण लगायत नगरको समग्र बिकासका लागी अहोरात्र खटेका नगरप्रमुख राईको यो पछिल्लो कदमलाई स्थानीयले समेत सकरात्मक भनेका छन । केही वडा पहाडी क्षेत्रमा रहेको सो नगरका बजार क्षेत्रमा केही बिकास भएपनि पहाडी क्षेत्रमा बिकासको लहर अझै पुग्न सकेको छैन ।

Comments