
काठमाडौ । आजदेखि राजधानीमा शुरू हुने चौथो बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन काठमाडौ उत्रिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिले पशुपतिनाथ मन्दिरको दर्शन गर्न पुग्ने भएका छन् । केही बेरअघि मात्र काठमाडौं आइपुगेका उनी विमानस्थलबाट सोझै पशुपतिनाथ मन्दिर तर्फ जान उच्च स्रोतले बताएको छ ।
मोदी एयर इन्डियाको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । मोदीलाई विमानस्थलमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोरेललगायतले स्वागत गरेका थिए । मोदी विमानस्थलबाट सोझै पशुपतिनाथ दर्शनका लागि जाने कार्यक्रम छ । पूजाअर्चनापछि उनी सम्मेलन स्थल सोल्टीमोड जानेछन् ।
Comments
Post a Comment