भदौ १ देखि नयाँ कानुन, भिख माग्नेलाई एक हजार जरिवाना, एक महिना जेल


काठमाडौं । राजधानीका मुख्य सडकको छेउछाउ, आकाशे पुल एवंम पशुपतिनाथ मन्दिर लगायतका क्षेत्रमा माग्न बस्नेहरु हामी सबैले देखेकै हौं । अपांगता भएकाहरु, असाध्य रोगबाट पीडित, ज्येष्ठ नागरिक, जोगी र सन्यासीहरु माग्न बसेको दृश्य सामान्य बनि सकेको छ शहरमा । त्यसै गरी ढोका ढोकामा कराउँदै माग्न आउनेहरु पनि प्रशस्तै छन् ।

कसैले गीत गाउने, बाजा बजाउने गरेर मागि रहेका हुन्छन् भने कसैले अस्पताल वा स्थानीय तहले दिएका सिफारिस देखाएर पनि माग्ने गरेका छन् । कतिपय अवस्थामा बालबालिकालाई थाल वा कचौरा लिएर सडकमा माग्न लगाउने गरेको पनि भेटिन्छ । त्यति मात्र होइन, लामो रुटको सार्वजनिक बसमा चढ्नु भयो भने सारंगी रेटेर एक दुई टुक्का गीत गाएर माग्नेहरु पनि भेटिन्छन्।

राजधानी शहरमा जथाभावी माग्न बस्नु शोभनीय नभएकाले हटाउनु पर्ने आवाज पनि बेलाबेलामा उठ्ने गरेकै छ । माग्न बस्नेहरुले आफूहरु जीविको पार्जनकै समस्या भएकाले माग्न बसेको बताउने गरेका छन् । तर, आउँदो भदौ १ गतेदेखि भने सडकमा बसेर वा घरघरमा डुलेर माग्न नपाउने भएका छन् । कसैले मागेमा उनीहरुले जरिवाना र कैद सजायसमेत ब्यहोर्नु पर्ने छ ।

मुलुकी अपराध (संहिता) ऐनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख गरिएको छ । ऐनको दफा १२६ मा भनिएको छ ‘कसैले कुनै सार्वजनिक स्थानमा भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा वा कुनै काम गर्ने बाहनामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा भिक्षा माग्न दुरुत्साहन दिनु हुँदैन ।’

विस्तृत जानकारीको लागि पूरा भिडियो हेर्नुहोस्…

Comments