
काठमाडौं नेपाल अहिले ठूलो दोबाटोमा आएर बसेको छ।अब देशलाई कुन बाटोतिर डोहर्याउने भन्ने कुरा अहिलेको नेतृत्व वर्गको जिम्मामा रहेको छ।नेतृत्व वर्गले नयाँ उद्धेश्य,नयाँ विचार लिएर अगाडी बढ्दा केहि मानिसहरु चिढिनु स्वभाविक हो।यदि कोहि चिढिएनन् भने नेतृत्वहरु सफल हुन नसक्ने पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवालले माउण्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा कुराकानी गर्दै उक्त कुरा बताएका हुन्।
दश जनाको खुशीको लागी दुई-चार जना रिसाउँदा नेतृत्वले त्यसमा चिन्ता लिनु पर्दैन।त्यसमा नेतृत्व कठोर भएर अगाडी बढ्नुपर्छ। नेपालमा चौतर्फी चुनौती छ,चुनौतीको साथै अहिलेको नेतृत्वलाई असाधारण मौका पनि मिलेको कटवालको भनाई छ।
प्रधानमन्त्री केपी ओलीले अहिले पार्टीबाट सबैको सहयोग पाउछन्,दुई-चार जना रिसाउनु बेग्लै कुरा हो।सारा नेपाली जनताको आशा-भरोसा केपी ओली माथी छ। ओलीले केहि गर्छन् भन्ने विश्वास जनताले गरेका छन्। यो पाँच बर्षमा प्रधानमन्त्री ओलीले विधि,विधान र विकासको जग हाल्दिने काम मात्रै गरे भने नेपालको इतिहासको कालखण्डमा अर्को पृथ्वीनारायण शाह,जंगबहादुर र महेन्द्र जस्तै नाम लेखाउने कटवालको दावी छ।
प्रचण्डले गल्ती गरेकोमा महसूश गरिसकेका छन्। अब त्यस्तो गल्ती प्रचण्डले नदोहर्याउने आशा कटवालले गरे।झण्डै ९५ प्रतिशत नेपालीको अहिलेको सरकार माथि आशा छ।त्यसैले पाँच बर्षमा केपी ओलीले राम्रो काम गरेर देखाउन सक्ने कटवालले विश्वास गरे।
अर्थमन्त्री डा.युवराज खतिवडालाई राम्रा र निष्कलंक व्यक्ति भन्दै कटवालले तारिफ गरे।हाम्रा मान्छे नभनी देशको हितमा मात्रै सोच्नुपर्छ,यदि आफ्नै मान्छे भनेर चंगुलमा फस्ने हो भने देश विकासको सपना मात्रै रहने उनले बताए।
हेर्नुहोस् कटवाल सँगको कुराकानी
Comments
Post a Comment