
काठमाडौं । नेपाली हाँस्य टेलिचलचित्र मेरी बास्सैको प्रसारण बन्द भएको छ। टेलिभिजनमा मेरी बास्सैको तर्फबाट नभई प्रसारणको कामले गर्दा बन्द गर्नु परेको तर युट्युबमा भने निरन्तर भिडियो आएको मेरी बास्सै युनिट बताउँछन्।
मेरी बास्सैको टेलिभिजन प्रसारण रोकिएकै बेला बल्छी धुर्वे अर्थात मरिचमान श्रेष्ठ र राजु मास्टर अर्थात् राजु पौडेल भने विदेश उडेका छन्। उनीहरुको साथमा केही बल्छी धुर्वेकी श्रीमती पनि लागेकी छिन्।
बल्छीका श्रीमान श्रीमती र राजु मास्टर अष्ट्रेलियाको लागि उडेका हुन् । त्यहाँ उनीहरु एक कार्यक्रमको लाग जाँदैछन्। नवविवाहित जोडी भएकोले बल्छी धुर्वेकी श्रीमतीलाई पनि आयोजकले बोलाएकोले उनी जान लागेको उनीहरु बताउँछन्।
बल्छी धुर्वे र राजु मास्टरले अष्ट्रेलियामा हुन गइरहेको गाइजात्र महोत्सवमा आफ्नो प्रस्तुती दिनेछन्। अष्ट्रेलियामा पहिलो पटक गाइजात्र महोत्सव हुँदै छ। आगामी २६ अगस्टमा सिड्नीमा हुने उक्त महोत्सवमा आफूहरुले नेपालको अहिलेका जल्दाबल्दा समस्या तथा मुद्दालाई हाँस्यव्यंग्यको रुपमा प्रस्तुत गर्ने उनीहरुले बताएका छन्।
Comments
Post a Comment