असाध्यै खुशीको खबर, भाइरल भएकी रिनाको बन्ने भयो घर ! बोल्न नसक्ने अपाङ्ग छोरीको खुशी यसरि फर्कियो (भिडियो)



मानिसहरु कस्तो सम्मको हालतमा बाच्दै छन भन्ने कुरा बुझ्न टाढा जान पर्दैन । निकै दर्दनाक अबस्थामा बाचिरहेका पोखरा याम्दीकी रिना बि.क मगर केही दिन देखी सामाजिक संजालमा भाइरल भैरहेकी छिन ।

गण्डकी टेलिभिजनले उनको अबस्था सार्वजनिक गरेपछी देश बिदेशमा रहेका नेपालीहरुले उनलाई सहयोग गरीरहेका छन । सहयोग रकम बुझाउन गएका गण्डकी टेलिभिजनको टिम भने लगेको पैसा पनी फिर्ता लिएर आउन बाध्य भयो ।

कारण, पैसा राख्ने घर छैन, बैंकमा खाता खोल्न उनको नागरीकता नै छैन ।आफ्नो घर कहाँ हो थाहा नभएकी, श्रीमानबाट टाढा रहेकी, एक अपाङ्ग छोरी सहित ३ सन्तान लाई लिएर सानो टिनको झुपडीमा बस्दै आएकी रिना बि.क मगरको दर्दनाक कथा गण्डकी टेलिभिजनले सार्वजनिक गरेको थियो ।

त्यस पश्चात देश बिदेशमा रहेका नेपालीहरुले स्वःइच्छाले सहयोग गरेका थिए । त्यसैको फलस्वरुप रिना मगरको घर बन्न सम्भव हुदैछ । शिलन्यास कार्यक्रममा देखिएका रोचक दृश्यहरु तलको भिडियोमा हेर्नुहोस

Comments