
नयाँदिल्ली । विश्वमा कयौं प्रकारका अनौठा घटना सार्वजनिक हुने गर्दछन् । जसलाई सुन्न, पढ्न मान्छेहरु रुचाउँछन् ।
संसारमा दिनप्रतिदिन अपराध पनि अनौठा अनौठा तरिकाले हुँदै आएका छन् । जसमा प्रेम र सेक्स अपराध मुख्य छन् ।
तर, प्रेम र सेक्समै जोडिएको एक अनौठो अपराध सार्वजनिक भएको छ । भारतको कानपुर सहरमा एक दम्पत्तीबीच खटपट हुँदा सुहागरात मनाउन पाएका छैनन् ।
कानपुरको किदवईनगर इलाकामा स्वास्नी रिसाएर माईत गएपछि एक युवकले झुण्डिएर आत्महत्या गरेका छन् । विवाह भएको ५ दिनसम्म पनि स्वहागरात मनाउन नसकेका यो जोडीबीच छैठौं दिन झगडा भएको थियो ।
झगडा भएपछि स्वास्नी रिसाएर माईत गएकी थिईन् । स्वास्नी रिसाएर माईत गएपछि ३२ वर्षीय राजु सक्सेनाले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका हुन् ।
स्वास्नी रिसाएर एक महिना पहिले माइत गएकी थिईन् । बेला-बेला फकाएर घर ल्याउन प्रयास गरेपछि स्वास्नी घर नआएपछि तनावमा आएर राजुले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
शनिवार जब राजुकी भाइवुहारी चिया दिन कोठा गइन् । कोठा खुलेन् । सानो झ्यालबाट हेर्दा झुण्डिएको अवस्थामा राजु देखिए । राजुका परिवारले तत्कालै प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले २ घण्टापछि ढोका फोडेर शव वाहिर निकालेका थिए । मृतक राजुको शवलाई पोष्टमार्टमका लागि अस्पताल लगिएको छ । उनकी स्वास्नीले यो घटना थाहा पाएपछि आफू घर आउनै लागेको बताएकी छिन् । एजेन्सी
Comments
Post a Comment