राजनीतिक घरानाकी सोनीकाको यस्तो रुप, भन्छिन् ‘तिर्सनालाई फलो गर्छु’(भिडियो हेर्नुहोस )



नेपाली समाज पश्चिमा जीवनशैलीसंग अभ्यस्त भइसकेको छैन । इन्टरनेट तथा विभिन्न संचारमाध्यम र नेपालीहरुको बसाइ विदेशमा बढ्दै जानुले नेपालका युवाहरु फेशनशैली, भाषा र सोंचमा समेत परिवर्तन ल्याइरहेका छन् , जसलाई समाजले सजिलैसंग पचाउन सकिरहेको छैन।

नेपाली युट्युब च्यानलहरु मध्ये वाउ नेपालमा आउने सोनीका रोकाया युट्युबका नेपाली दर्शकमाझ हलचल ल्याइदिएकी प्रस्तोता हुन् । उनको बोली, आफ्नो प्रस्तुतिको विषय, फेशन आदिका कारण उनी चर्चामा छाइन् । सुरुवाती दिनहरुमा सबैजसोले नराम्रो भनेर आलोचना गरेतापनि पछिल्लो समयमा उनलाई साथ दिने दर्शकहरु बढेका छन् । यो आफ्नो सरकारात्मक सोंच र लगनशीलताको परिणाम रहेको उनी ठान्छिन् ।

सोनीकाका अनुसार, उनको जीवनको सबैभन्दा ठूलो भूल रवि लामीछानेको बारेमा बोल्नु थियो । सुरुमा उनले पत्रकार रवि लामिछानेको बारेमा कुनै कुरा गरेकी थिइनन् , तर केही मिडियाले उनले रवि लामिछानेलाई नराम्रो भनेको भन्ने समाचार प्रकाशित गरे ।

त्यसपछि मानिसहरुले उनली गाली गरे । गल्ती बिना नै आरोप खेप्नु परेर निराशाको खाडलमा धकेलिएकी उनले आफूलाई सम्हाल्न सकिनन् र ? रवि लामिछाने को हो ? भन्ने आशयको कुरा राखिन् । जसलाई उनी अहिले आफ्नो सबैभन्दा ठूलो भूल मान्छिन्।

Comments