काठमाडौं – नेपालका लोकप्रिय पत्रकार रवि लामिछानेका कामको प्रशंसा गर्दै ूरवि जस्तै वली देउवा देशको मुहार फेरू बोलको गीत सार्वजनिक भएको छ।
‘सिधा कुरा जनतासँग’को प्रस्तोता तथा लोकप्रिय पत्रकार लामिछानेलाई काम गर्न हौसला दिँदै सुशेली म्युजिक प्रा।ली।को प्रस्तुतिमा गायक नविन विरही श्रेष्ठ र गायिका देवि रुम्वाको आवाजमा रहेको सन्देश मूलक गीतको भिडियो बजारमा आएको हो ।
जनताको न्यायको निम्ती बोल्ने भएका कारण उनी यो कार्यक्रममा जनताको प्रिय बनेका कार्यक्रम प्रस्तोताको उल्लेख्नीय कामको प्रशसा गदैँ गीत निर्माण गरिएको गीतका लेखक प्रेम थापाले बताए ।
कर्मचारीहरूबाट ठगिएका, पुलिस सेनाबाट प्रताडित भएका साथै जनताबाट जनता नै ठगिएका वा थिचो मिचोमा परेका, दलालबाट विदेशमा बेचिएर नारकीय जीवन बिताई रहेका र सरकारबाट कुनै पनि सुविधा नपाई सुविधाबाट बञ्चित भएकाहरूको न्यायको प्रतिमूर्ति बनेको छ रवि लामिछाने र सिधा कुरा जनतासँग को प्रेरणादायी विषयबाट गीतलाई देश विकासको पथमा लैजानको लागी प्रोत्साहन गरिएको छ ।
सो गीतमा प्रेम थापाको शब्द तथा संगीत रहेको छ । गीतलाई एरेन्ज पुर्ण सम्योगले गरेका हुन । गीतको भिडियोलाई महेश महराले खिचेका हुन भने चेतन सागरले सम्पादन तथा नविन विरही श्रेष्ठले निर्देशन गरेका छन । सन्देशमूलक गीतको भाव अनुसार विकाश श्रेष्ठ र विनु लामाले अभिनय गरेका छन ।
हेर्नुहोस् भिडियोः
Comments
Post a Comment