नेपालका लागी अत्यन्तै खुसीको खबर, अब जापानले नेपालबाट पाँच लाख कामदार लैजाने


काठमाडौंः जापानले कृषि र उद्योगका लागि ५ लाखभन्दा बढी विदेश कामदार भित्र्याउने निर्णय गरेको छ। यसमा नेपाल उच्च प्राथमिकतामा पर्ने निश्चत रहेको छ । कामदार अभावलाई पूर्ति गर्न सन् २०२५ सम्म विदेशी कामदार ल्याउने निर्णय गरेको सिन्जो आबे सरकारले नेपाललाई फाइदा हुने देखिएको छ ।यसको उपयोग नेपाललले गर्न सक्ने सम्भावना देखिएको छ ।

समाचार संस्था क्योदोले जनाए अनुसार अर्को महिनाको मध्यतिर आउने आबे सरकारको आर्थिक नीतिमा कामदार भित्रयाउने निर्णय आवश्यक परिमार्जनसहित समावेश हुने बताइएको छ ।जापान जानुअघि विदेशी कामदारले जापानी भाषा परीक्षा पास गर्नुपर्नेछ। कृषि, निर्माण, पानीजहाजलगायतमा काम पाउने उनीहरु ५ वर्ष जापान बस्न पाउनेछन्। तालिम गर्न गएका कामदार परीक्षा पास गरेपछि १० वर्षसम्म पनि बस्न सक्नेछन्।

साभार: Osnepal

Comments