२० राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट भारतीय सेनाका कर्नेल पक्राउ


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट २० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ परेका छन् ।

२२ एमएमको २० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ परेको बिमानस्थल प्रहरीले जानकारी दिए । तर पक्राउ पर्ने कर्नेल भने नेपालीनै रहेका छन् ।

स्थाई घर चितवन भइ हाल काठमाडौं बस्दै आएका ४१ वर्षीय भारतीय सेनाका कर्नेल बलबहादुर पुन पक्राउ परेका हुन् ।


उनलाई आइतबार दिउँसो पक्राउ गरेको विमानस्थल प्रहरीको टोलीले बताएको छ ।

बुद्ध एयरको विमानबाट पोखरा जान लागेको अवस्थामा डोमेस्टिक टर्मिनलको सुरक्षा जाँचको क्रममा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

Comments