जाजरकोट मा एक चेलिको निर्मम हत्या ! सबै मिलेर घटना लुकाउने कोसिस ..सक्दो शेयर गरेर मृत आत्माको न्यायको लागि सहयोग गरौ


यसरी तारा अधिकारीको विभत्स हत्या हुदा पनि पत्रकारले समचार लेख्न मानेनन् २०७५ साउन २७ गते जाजरको बारेकोट गाउँपालिका वडा नं। ५ बस्ने जयबहादुर सिंहको छोरा वर्ष २७ को जनकबहादुर सिंह कि श्रीमती तारा अधिकारीको रहस्यमय हत्या भएको छ ।मृतकको पोष्ट मार्टम पछि पनि कुनै न्यायिक कार्य नभएको सत्य तथ्य समचार लेख्न समेत पत्रकारहरू पछि हटे पछि मृतकका दाजु श्री कालि बहादुर अधिकारी, पृथ्वी अधिकारीले बैनीको हत्यारालाई कारवार्ही दिलाई पाउँ भनी नेपाली साझा मंचमा निवेदन दर्ता गरेका छन नेपाली साझा मंच केन्द्रिय कार्यालय काठमाडौंमा न्याय पाउँ भन्ने बारेमा जाजरकोट जिल्ला छेडागाड नगरपालिका वडा नं।५ लेवा बस्ने लक्षे अधिकारीको छोरी वर्ष २५ कि तारा अधिकारी, एेजन बारेकोट गाउँपालिका वडा नं। ५ बस्ने जयबहादुर सिंहको छोरा वर्ष २७ को जनकबहादुर सिंह बिच २०५९ साल देखि आफै भागी बिवाह गरेको थियो ।

उनीहरू बिच डेढ वर्षकि छोरी छिन । उक्त जनक बहादुर सिंह अर्कै केटी संग लागी काली बाहादुर अधिकारी कि बहिनी तारा अधिकारीलाइ माइति घर अगाडी मारपिट गर्ने, गाली गलौज तथा शारिरिक र मानसिक यातना दिदै आएको थियो । एक वर्ष अघि देखि नै सताएको पिडित तारा बहिनिलाइ घरबाट निकाला गर्ने गरिरहेका थिए । बहिनिको मोवाइल लुकाइ माइति संग सम्पर्क बिहिन गराइ दुःख दिने कुरा २३ गते बहिनीले सासुको मोवाइलबाट फोन गरी जानकारी दिएकी थिइन दाजु अधिकारीले बताएँ ।

जनक सिंह जाजरकोट खलंगा एफएम मा काम गर्दै आएका छन उनको बारेमा कुनै जाजरकोटमा रहेका पत्रकारहरू समचार लेख्न मान्दैनन् उनका दाजुले संस्थालाई बताए । जनक सिहं एफएममा कार्यरत पत्रकार हुन राष्ट्रको अंगको रूपमा चिनिने पत्रकारबाटै हत्या कस्तो अचम्म छ । साउन २३ गते फोन गरी घर छोड्न धम्की दिइ घर नछोडे तेरो लास भने गोली गरेको कुरा बहिनिले बताएकी थिइन अधिकारीले बताएँ ।जनक सिंह साउन २३ गते घर बारेकोट गइ सके पछि २७ गते बहिनिलाइ घर छोड्न धम्कि रवाफ गर्दा नमानेपछि २०७५ साउन २७ गते राती कुटपिट गरेर हतियार हानेर दाँत भाँचेको दुवै आँखा फुटेको घाटीमा समेत घाउ र टाउकोमा चोट एउटा हात भाँची खोलामा फालेको लास२०७५ साउन २८ गते ९ः३० बजे घर देखि ६ किलो मिटर टाढा भेटिएको थियो ।सो शव प्रहरी समक्ष खवर गरी २०७५ साउन २८ गते प्रहरीले घटना स्थल मुचुल्का शवको फोटो, सहित बारेकोट बाट नलगाड न।पा।को सदरमुकाम दल्लिमा २०७५ साउन ३१ गते पोष्टमार्टम गरी मृतकका जेठा दाइ काली बहादुर अधिकारीले २०७५ भदौ १ गते जिल्ला प्रहरी कार्यालय जाजरकोटमा किटानी जाहेरी दिंदा सम्म उक्त दर्ता नं। ०९ ९भदौ १० को घटना प्रहरी कार्यालय जाजरकोट रहेको र उक्त तारा बहिनीको घटनाको यस अवस्था सम्म जाजरकोट जिल्लाका पत्रकारहरू कुनै पनि कलम चलाउन नसक्ने अवस्था भएको छ ।

घटना छानविन गरी दोषि उपर कारवाही गरि पाउँ भनि हामी पिडित पक्ष न्याय दिलाइ पाउँ भनी यो निवेदन पेश गर्दछौं । निवेदक श्री कालि बहादुर अधिकारी, पृथ्वी अधिकारी छेडागाड न।पा। ५ लेवा जाजरकोट सम्पर्क ९७४८०५००२७ र ९८६८९७३७०० ले भ्रष्टचार बिरोधी अभियन्ता तथा नेपाली साझा मंच का वा अध्यक्ष शारदा भूषाल झालाई केन्द्रीय कार्यलय काठमान्डौमा आज निवेदन दर्ता गराएका हुन ।नेपाली साझा मंचमा सहयोग प्रति आएको उजुरी पिडित पक्षमा तत्काल कारवाही गराउने र दोषी माथी न्यायिक कारवाही गरि मृत आत्माले शान्ति पाउनु पर्छ । सत्य तथ्य घटनाको छानविन गरि दोषि माथि हदै सम्म कारवाहीको मांग गरेका छौं । जाजरकोका पत्रकारहरूले कलम बन्द गर्नु शंकास्पद र आपत्तिजनक छ ।त्यसैले दोषि पत्रकार हुन वा जो कोहि हरेक गलत गर्ने व्यक्ति सजायको भागिदार हुनुपर्छ । यथाशिघ्र यस घटनाको बारे प्रहरी प्रशासनले समेत के गरि रहेको छ भन्ने बारे सार्वजनिक हुनु पर्छ मृतक तारा अधिकारीले न्याय पाउनु पर्छ । भन्दै संस्थाकि का वा अध्यक्षले जानकारी मुग्लानी सौगातलाई दिएकि हुन ।

प्रकाशित मिति: आइतवार, भदौ १०, २०७५।।

Comments