काठमान्डौँ – नेपाली महिलाहरुको माहान चाँड हरितालिका तीज नजिकिँदै गर्दा बजारमा तीज गीत आइरहेका छन । धेरै गीतहरु बजारमा आइरहेको बेलामा अत्यन्तै मौलिक भाकामा आधारित गीत “पान बुट्टे फरिया” सार्वजनिक भएको छ ।
गायक सागर विसी र बाला दुराको आवाजमा रहेको नेपाली नारीहरु प्रति समर्पित गीतको भिडियो बजारमा आएको हो । निकै रमाइलो तरिकाबाट जिवनका नयाँ आयामहरुलाई गीतको भावमा सागर विसीले लेखेका छन भने लय सिर्जना ढोलराज परियारले गरेका छन ।
प्रकाश खड्काले छायाँकन गरेको भिडियोलाई अमृत चापागाईँले सम्पादन गरेका छन । गीतको भाव अनुसार सुमन परियार , रिना थापा , रितु तामाङ र प्रनिल तामाङले अभिनय गरेका छन । साथै गीतको मौलिकतालाई ध्यानमा राखेर गीतको मर्म अनुसार प्रनिल तामाङले निर्देशन गरेका छन् ।
हेर्नुहोस भिडियो :
Comments
Post a Comment