हिन्दी सिनेमा जगतकी पहिलो फिमेल सुपस्टार श्रीदेवीको आज ५६ औँ जन्मदिन हो तर दुर्भाग्य उनी आफ्नो जन्म दिन मनाउन यो धर्तीमा छैनन् । आज उनको जन्मदिनको अवसर पारेर सम्पूर्ण बलिउड जगत तथा हिन्दी फिल्मका पारखीहरु उनलाई सम्झिरहेका छन् ।
१३ अगस्त १९६३ मा आजकै दिन श्रीदेवीको जन्म शिवकासी, तमिलनाडु, भारतमा भएको थियो । उनका पिता एक वकिल थिए । १९६७ मा रिलिज भएको तमिल फिल्म ‘कांदान करुनाई’ मार्फत अभिनयको सुरुवात गरेकी श्रीदेवी त्यती बेला मात्र चार वर्षकी थिइन् ।
Comments
Post a Comment