प्रहरी निरीक्षक शर्मिला गुरुङको यस्तो अभियानले सवारी चालकहरु नै चकित



साउन २५, काठमाडौ। ट्राफिक प्रहरीका कारण आफुहरु हैरान भएको सवारी चालकहरुले गुनासो गरेका छन् । महानगरीय प्रहरी प्रभाग बलम्बुले ट्राफिक नियम पालनाको महत्वबारे बुझाउन बिहीबारदेखि सुरु गरेको अभियानका कारण आफुहरुले सास्ती खेप्न परेको उनिहरुको गुनासो छ । काठमाण्डौको बलम्बु क्षेत्रका चालकहरु बिहीबार चकित भए । नियम मिचेकोमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा त लियो तर चिट नकाटेपछि उनिहरु हैरान भएका हुन् ।

ट्राफिक नियम मिचेर गल्ती गरेको भन्दै आत्मसात गराउन लगाई उनीहरुलाई छाडिएको थियो । खासगरी भित्री सडकमा प्रहरीले अभियान सञ्चालन गरेको महानगरीय प्रहरी प्रभाग बलम्बुकी प्रहरी निरीक्षक शर्मिला गुरुङ जानकारी दिइन् । अभियान एक सातासम्म चल्ने प्रहरीले जनाएको छ ।

अभियान अन्तर्गत नियम नमान्ने चालकलाई नियन्त्रणमा लिई ब्यानरमा हस्ताक्षर गर्न लगाइन्छ। प्रहरीले ट्राफिक नियम पालना गर्ने भनेर हस्ताक्षर गर्न लगाई अबदेखि नियम नमिच्ने प्रतिबद्धता जनाएर छोड्ने गरेको छ । प्रहरीले आफुहरुलाई झुक्याएर दुख दिएको सवारी चालकको भनाइ छ ।

Comments