काठमाडौँ। आँचल शर्मा भन्नासाथ दर्शकहरूको दिमागमा पल शाह पनि आउँछ। नेपाली फिल्म क्षेत्रमा उदाएको नयाँ जोडी पल शाह र आँचल शर्मा एक पछि अर्को फिल्ममा सँगै देखिइरहेका छन्।
उनीहरूको केमिष्ट्रीले फिल्मलाई नै राम्रो बनाइदिने दर्शकहरूले प्रतिक्रिया दिन थालेका छन्। दर्शकहरूले उनीहरूको जोडीलाई यतिसम्म मन पराएका छन् कि, पल र आँचललाई विवाह गर्न सुझाव आइरहेको छ।
तर अहिले आँचलले आकाशसँग जोडी बाधेकी छिन्। भाद्र एक गते देखि प्रदर्शनमा आएको चलचित्र ‘ब्ल्याक’मा आँचल र आकाशको जोडी देख्न सकिन्छ। उक्त चलचित्रले उत्साहजनक व्यापार गरेको छ र आँचल र आकाशको जोडी दर्शकले निकै नै मनपराएका छन्।
हेर्नुस् चलचित्रका नायक आकाश र नायिका आँचलसँग गरिएको कुराकानी।
Comments
Post a Comment