अक्षय कुमार र मौनी रायको चलचित्र गोल्डले बनायो २ दिनमा ६ ठूला ‘रेकर्ड



एजेन्सी । अक्षय कुमार र मौनी रायले अभिनय गरेको चलचित्र गोल्डले बक्सअफिसमा निकै राम्रो प्रदर्शन गरिरहेको छ।चलचित्रले दुई दिनमै करिब साढे ३३ करोड रुपैयाँ कमाई गरेको छ। ट्रेड एनालिस्ट्सका अनुसार ५ दिन लामो विकेटमा यस फिल्मले कयौँ रेकर्ड बनाउने छ। हुनत रेकर्डको शिलशिला गोल्डले प्रदर्शको दिनदेखि नै बनाउन सुरु गरिसकेको छ। फिल्मले २ दिनमा कयौँ रेकर्ड कायम गरेको छ।

यस्ता छन् दुई दिनमा गोल्डले बनाएका ६ रेकर्ड

१) अक्षय कुमारको सबै भन्दा ठूलो ओपनिङ गोल्डले पहिलो दिनमै करिब साढे २५ करोड भारु रुपैयाँ कमाई गर्यो। अक्षय कुमारको कुनै पनि फिल्मले ओपनिङमा यति धेरै रकम कमाई गरेको थिइन्। अब गोल्ड नै अक्षर कुमारको सबै भन्दा ठूलो ओपनर फिल्म बनेको छ।

२) स्वतन्त्रता दिवसमा प्रदर्शन भएको अक्षयको सबै भन्दा ठूलो ओपनर अक्षय कुमारले पछिल्लो ४ वर्षदेखि लगातार १५ अगष्टमा आफ्नो फिल् प्रदर्शन गरिरहेका छन्। गोल्डले अगष्ट १५ मा जति कमाई गर्यो त्यती अहिलेसम्म अक्षयका कुनै पनि फिल्मले गर्न सकेका थिएनन्।

३) यो वर्षकै तेस्रो सबैभन्दा ठूलो फस्र्ट डे ग्रोसर पहिलो दिनमै धमकेदार कमाई गरेको अक्षयको गोल्ड सन् २०१८ को तेस्रो सबै भन्दा ठूलो फस्र्ट डे ग्रोसर बनेको छ। यस सूचीमा पहिलो र दोस्रोमा क्रमशः सन्जू र रेस ३ रहेका छन्।



४) अक्षय कुमारको लगातार ८ औँ हिट फिल्म पछिल्लो ७ वर्षदेखि लगातार अक्षय कुमारका फिल्म बक्स अफिसमा सफल बनेका छन्। ती फिल्मले हलमा धमकेदार प्रदर्शन गरेका छन्। गोल्डले त्यही शिलशिला अघि बढाएको छ। र अक्षयले लगातार ८ औँ हिट फिल्मको सूचीमा आफ्नो नाम कायम गरेका छन्।

५) यो वर्षकै तेस्रो सबैभन्दा उत्कृष्ट अक्यूपेन्सी रेट अक्षय कुमारको गोल्ड संजू र रेस ३ पछि तेस्रो फिल्म हो, जसको अक्यूपेन्सी रेट ७० प्रतिशत आसपास रहेको छ।

६) मौनी रायको सबैभन्दा ठूलो ओपनिङ गोल्ड मौनी रायको डेब्यु फिल्म हो र यसै फिल्मबाट उनले ठूलो रेकर्ड कायम गरेकी छिन्। पहिलो दिन करिब साढे २५ करोड कमाई गर्न सफल फिल्म गोल्ड अब मौनी रायको पनि सबै भन्दा ठूलो ओपनिङ बनेको छ।

Comments