
काठमाडौं । राजधानीका ठमेल, रत्नपार्क, नयाँ बसपार्क, कलंकी लगायतका क्षेत्र अघाेषित रेड लाइट एरिया हुन् । यस क्षेत्रमा याैनकर्मीहरूका कारण अाम मानिसहरूका लागि हिडडुल गर्न समस्या भइरहेको छ । यतिमात्र हाेइन देशका मुख्य मुख्य शहरहरूमा याैनकर्मीका कारण धेरैले समस्या भाेग्नुपरेकाे कुरालार्इ मध्येनजर गरेर सरकारले भदाैं १ गतेदेखि उक्त व्यवहार विरुद्ध नयाँ कानुन लागू गर्ने भएकाे छ ।
सार्वजनिक स्थानमा दश वर्षभन्दा माथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सा सम्बन्धी उपचारको प्रयोजनका लागि बाहेक सार्वजनिक स्थानमा अश्लील कृयाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन वा कसैलाई अश्लिल शब्द बोल्न वा इशारा गर्न नहुने आगमी भदाै एकदेखि लागु हुने ऐनमा उल्लेख गरिएको छ ।सार्वजनिक स्थानमा यौनाङ्ग देखाउनेलाई ६ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय तोकिएको छ ।
सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौन क्रिया गर्ने वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्नेलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय तोकिएको छ ।
Comments
Post a Comment