निर्मला हत्या प्रकरण : दिलिप विष्ट निर्दोष भए तत्कालीन एसपी डिल्ली विष्ट जालान् जेल ?


काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ४२ वर्षीया दीलीपसिंह विष्ट निर्दोर्ष सावित भएमा के हुन्छ? कानुन व्यवसायीका अनुसार नयाँ मुलुकी संहिताबमोजिम विष्टको पक्राउ तथा अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई कम्तिमा ५ महिना कारागार सजाय र पाँच हजार रुपैया जरिवाना वा दुवै सजाय हुन सक्नेछ।

नयाँ मुलुकी अपराध संहिताको दफा ९७ मा बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गर्न गराउन नहुने कानुनी व्यवस्था रहेको छ। कुनै पनि अपराधको अनुसन्धान वा अभियोजन गर्ने जिम्मेवार अधिकारीले बदनीतियपूर्वक अनुसन्धान गर्ने वा अभियोग लगाएर थुनेमा सोही ऐनको उपदफा २ अनुसार ६ महिना कैद, पाँच हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको खबर अाजकाे गाेरखापत्र दैनिकमा छ ।

त्यस्तै, निदोष व्यक्तिलाई जानीजानी फसाउने बदनियतपूर्वक अनुसन्धान गरी दुःख दिने कार्य गरेमा सजायका अतिरिक्त पीडित व्यक्तिमाथि कुनै किसिमको हानि-नोक्सानी भएमा निजले त्यस्तो कसुरबाट क्षतिपूर्ति भराई लिनसक्ने व्यवस्थामा उल्लेख छ।



कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित उल्टेखामकी १३ वर्षीया बालिका पन्तको असार १० गते हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। सो हत्यामा संलग्न अभियुक्त भन्दै प्रहरीले साउन २५ मा विष्टलाई सर्वजनिक गरेको थियो। तर उनी निर्दाेष रहेकाे र वास्तविक दाेषी प्रहरीले उम्काउन खाेजेकाे भन्दै अान्दाेलन चर्किएकाे थियाे। साे घटनाकाे अनुसन्धानकाे जिम्मा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलार्इ दिइएकाे थियाे, हाल उनी निलम्बित छन्।

साभार : news24nepal

Comments