शौचालयको सेफ्टीट्याङकीमा छोरीहरु फाल्ने आमा पक्राउ




ताप्लेजुङ, २ भदौ । जुम्ल्याहा छोरीलाई शौचालयको सेफ्टीट्याङ्कीमा फालेर भागेकी पाथीभरा याङ्वरक गाउँपालिका २ तलेबारी बस्ने २३ वर्षीया कमला बिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

कमलाले बुधबार जुम्लाहा छोरी गंगा जमुनालाई सेफ्टीट्याङ्कीमा फालेकोमा गंगाको फालेको स्थानमै तथा जमुनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

छोरीहरुलाई फालेर फरार भएकी कमललाई सुनसरी ईटहरी उपमहानगरपालिका(२० स्थित तरहरा बजारमा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments