३० नोभेम्बरका दिन बिबाह बन्धनमा बाँधिदै दिपिका र रणवीर

३० नोभेम्बरका दिन बिबाह बन्धनमा बाँधिदै दिपिका र रणवीर
एजेन्सी : बलिउडका रियल जोडी दिपिका पादुकोण र रणवीर सिंहको बिहे इटलीमा हुने निश्चित भएको छ । आगामी ३० नोभेम्बरमा उनीहरु बिवाह बन्धनमा बाँधिदैछन् ।

स्रोतका अनुसार इटलीको ‘लेक कोमो’ लाई वैवाहिक समारोहका लागि फाइनल गरिएको छ । इटली दिपिकालाई अत्यधिक मन पर्ने देश हो । उनकै चाहनामा यो डेस्टिनेसन छनोट गरिएको बुझिएको छ ।

यसअघि क्रिकेटर बिराट कोहली र अभिनेत्री अनुष्का शर्माले पनि इटालीमा नै बिहे गरेका थिए । यतिबेला दुवै पक्ष विवाहको तयारीमा जुटिसकेका छन् । सपिङ लगायतका कामहरु सुरु भएका छन् । विवाहमा जम्माजम्मी ३० जना पाहुनालाई ईटाली लगिने छ । सानो समारोहमा परम्परागत तरिकाले बिहे हुनेछ । बिहेपछि भारतमा फर्केर भव्य पार्टी दिने दिपिका र रणवीरको योजना छ ।

दिपिका र रणवीरले अहिलेसम्म आफूहरुबीचको प्रेम सम्वन्ध सार्वजनिक रुपमा स्वीकारेका भने छैनन् । उनीहरु सन् २०१३ देखि प्रेममा छन् । उनीहरुले ‘रामलिला’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ मा सँगै काम गरेका छन् ।

Comments