सल्यानमा भेटियो बाजा बज्ने अनौठो गुफा ! शिवजीको डमरु बजेको स्थानीयको भनाई , सेयर गर्नुस पुण्य कमाउनुस



सल्यान – जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ३ सान्नानचौरस्थित रानी सामुदायिक वनभित्र विभिन्न आकृति र बाजागाजा बज्ने अनौठो खालको गुफा भेटिएको छ ।

स्थानीय मोतीलाल घर्तीले गाई चराउन जंगल गएको बेला नयाँ र अनौठो खालको गुफा देखेपछि स्थानीयलाई खबर गर्दा गुफा पत्ता लागेको हो ।

गुफा भेटिएको थाहा पाएपछि स्थानीयहरु गुफा भएको स्थानमा पुगे । भित्र के रहेछ भनेर हेर्न जाँदा विभिन्न खालका आकृतिहरु देखिएको स्थानीयको भनाई छ । ‘ग्वाला गएको बेला गुफा देखेँको हुँ उहाँले भन्नुभयो यसो भित्र तिर हेरेको अनौठा आकृतिहरु देखियो । त्यसपछि गाउँका अरुलाइ पनि खबर गरेँ’, घर्तीले भन्नुभयो ।

मोतीलालले गाउँका अरु व्यक्तिलाई पनि खबर गरेपछि केही दिनअघि युवा नेता हिमाल योगीसहितको एक टोलीले गुफाको अवलोकन गरेको छ । शंखमुल झिम्पे खर्सुवास सडकखण्ड अन्तर्गत मिलनचोक बाट ३० मिनेटको पैदल यात्रा पछि त्यो गुफासम्म पुग्न सकिने योगीले जानकारी दिनुभयो ।अहिलेसम्म कुनै नाम नदिइएको त्यो गुफा ३ सय मिटर लामो, २ सय ५० मिटर अग्लो र ८ मिटर चौडा रहेको आफूहरुले अनुमान गरेको उहाँले बताउनुभयो । गुफा पाँच तलाको रहेको छ भने पाँच सय बढी चमेराहरु गुफामा बस्ने गरेको उहाँले बताउनुभयो । गुफाभित्र विभिन्न देवीदेवता, मादललगायतका आकृति रहेको उहाँले बताउनुभयो ।

‘मिलनचोकबाट ३ किलोमिटर भित्र रानीवनमा गुफा रहेछ । हाम्रो टिम त्यहाँ पुग्दा अचम्ममा परियो’, योगीले भन्नुभयोे, भित्र रहेको प्राकृतिक बाजाको तालमा न नाची बस्न सकिएन् ।’ उहाँलगायतको समूहले त्यो गुफाभित्र पसेर प्राकृतिक अवस्थामा रहेको मादल बजाएर नाचगान र रमाइलो पनि गरेका छन् । ‘अनौठो त के छ भने, प्राकृतिक अवस्थामा रहेको मादल मज्जासँग बज्छ’, उहाँले भन्नुभयो, ‘हामीले त्यही मादल बजाएर गीत पनि गायौँ ।’

गुफाभित्र विभिन्न आकृतिसँगै प्राकृतिक अवस्थामा बाजासमेत रहेको पाइएको उहाँले बताउनुभयो । यस्तो अनौठो खालको गुफा फेला परेपछि अहिले जिल्लामा यसको चर्चा हुन थालेको छ ।

Comments