दुखद समाचार: ४६ जना नेपाली तिर्थयात्री बोकेको बस भारतको वाराणसीमा दुर्घटनाग्रस्त


एजेन्सी । भारतको बाराणसी जिल्लाको जेल गेट नजिकैको डिभाइडरमा गएराती बस दुर्घटना भएको छ । बाराणसीमा भएको बस दुर्घटनामा ४० जना नेपाली तीर्थयात्री घाइते भएको स्रोतले जनाएको छ।

निक्कै स्पिडमा विपरीत दिशाबाट आएको दुई जना सवार मोटसाईकललाई बचाउन खोज्दा शुक्रवार राती ४६ नेपाली तीर्थयात्री बोकेको बस सडकको डिवाइडर माथी चढेर पल्टिएर दुर्घटना भएको थियो।

उक्त दुर्घटनामा पाँच जना घाइतेहरुको अवस्था गंभिर छ भने ३५ जनालाई सामान्य चोट लागेको जनाईएको छ । सुनसरीको दुहबीबाट गएका तीर्थयात्रीहरुले बिहारबाट निजी गाडी रिजर्भ गरेका थिए ।

भारतीय प्रहरीका अनुसार चालकले तीव्र गतिमा रहेको मोटरसाइकललाई बचाउने क्रममा बस दुर्घटना भएको हो। घाइतेहरुलाई दिनदयाल उपाध्याय अस्पतालमा भर्ना गरिएको छ ।

Comments