दिउँसो सुत्दा मानिसमा यस्ता रोगको खतरा निम्तिन्छ !

दिउँसो सुत्दा मानिसमा यस्ता रोगको खतरा निम्तिन्छ !शरीरमा भिटामिन ‘के’को कमीका कारण माइग्रेनको समस्या निम्तिन सक्छ । यो बच्चा र युवा दुवैमा हुन सक्छ । अमेरिकास्थित सिसिनाटी चिल्ड्रेन्स हस्पिटल मेडिकल सेन्टरका शोधकर्ताहरूले माइग्रेनका बिरामीमाथि एक अध्ययन गरेका थिए । अध्ययनअनुसार भिटामिन डी, राइबोफ्लेविन तथा कोएन्जाइम क्यु–१० को कमी माइग्रेनको समस्याका कारण बनेको देखियो । विज्ञहरूले भिटामिन बी–२ भरपूर पाइने दूध, बदाम, पनिरले अंगका कोषिकामा ऊर्जा दिएर माइग्रेनबाट बचाउन मद्दत गर्छ ।
डायबिटिजको खतरा
दिउँसोको समयमा एक घन्टाभन्दा बढी सुत्दा टाइप टु डायबिटिजको खतरा ८५ प्रतिशतभन्दा बढी हुन सक्छ । युनिभर्सिटी अफ टोक्योका अनुसन्धानकर्ताले हालसालै तीन लाख व्यक्तिमा गरेको अध्ययनले दिउँसो एक घन्टाभन्दा बढी सुत्दा धेरै नोक्सान हुने चेतावनी दिएको छ । अध्ययनअनुसार दिनमा हुने लामो निद्राले रातको निद्रामा गम्भीर बाधा निम्त्याउँछ । यसले मुटुसम्बन्धी रोग, ब्रेन स्ट्रोक र डायबिटिजको खतरा बढ्छ ।
ब्लडसुगरको स्तर असामान्य
दिनभरि सुत्दा रातमा निद्रा लाग्दैन । रातमा निद्रा पूरा नहुँदा भोक धेरै लाग्छ र यसले ब्लडसुगरको स्तर असामान्य गराइदिन्छ । डायबिटिज वा मोटोपनका कारण लिभर क्यान्सरको खतरा रहन्छ । डायबिटिज टाइप टु रोगीको अत्यधिक तौल लिभर क्यान्सरका कारण बन्न सक्छ । सामान्यतः महिलाको कम्मरको मोटाइ ३० र पुरुषको ३४ इन्चभन्दा माथि हुनुहुँदैन । अमेरिकन क्यान्सर सोसाइटीको एक अध्ययनले कम्मरको मोटाइ आवश्यकभन्दा ५ सेन्टिमिटर बढे पनि क्यान्सरको आशंका ७ प्रतिशतले बढ्न जान्छ ।
लिभर क्यान्सरको खतरा
बिएमआई (बडी मास इन्डेक्स) ३७ भन्दा धेरै हुँदा लिभर क्यान्सरको खतरा २५ प्रतिशतभन्दा बढी हुन जान्छ ।

Comments