
कञ्चनपुर । निर्मला पन्त बलात्कापछि हत्या प्रकरणमा आफ्नो भतिजको संलग्नताबारे भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले स्पष्टिकरण दिएका छन् । निर्मलाको हत्यामा मेयरको भतिज संलग्न रहेको भन्दै अपवाह फैलाउने काम भईरहेको भन्दै मेयर विष्टले भने, ‘मेरो कुन चाही भतिज हो उक्त काण्डमा संलग्न स्पष्ट बताईदिनुपर्यो ।’
समाजमा गलत अफवाह फैलाएर घटनालाई थप उत्तेजित तथा आक्रामक बनाउने षड्यन्त्रले आफ्नो नाम जोडिएको भन्दै उनले भने, ‘यसमा प्रहरीले अनुसन्धान गरिरहेको छ । गलत अफवाह फैलाउने काम कसैले पनि नगरौं । यस्तो सम्वेदनशिल विषयमा कसैले पनि अनुमानको भरमा कसैमाथि आरोप लगाउनु राम्रो होईन् ।’
आफु सधै सत्य र न्यायको पक्षमा रहेको बताउँदै आफ्नो ईमादारिताले नै नगरवासीले मलाई विश्वास गर्दै मेयरमा निर्वाचित गराएको बताए । खासमा तपाईको भतिज छ कि छैन् भन्ने प्रश्नमा मेयर विष्ट भन्छन्, ‘मेरो धेरै वटा भतिजहरु छन् । दाई भाई, ईष्टमित्र तथा सबैको सहयोगले नै म मेयरमा निर्वाचित भएको हुँ । त्यसैले मेरो कुन चाही भतिज यस घटनामा जोडिएको छ । त्यसको नाम त होला । खाली मेयरको भतिज मात्रै भनिएको छ । सिधै नाम नै भनिदिएको भए पहिचान हुन्थ्यो । यदि मेरो कोही आफन्त यसमा संलग्न भए मैले कारवाहीको लागि सहयोग गर्छु । म कुनै पनि व्यक्तिलाई बचाउँने पक्षमा छैन् ।’
आफु आम नगरवासीको दुःख सुखमा सँगसँगै हातेमालो गर्दै अगाडि बढिरहेको बताउँदै मेयर विष्टले भने, ‘यो घटना सार्वजनिक भएदेखि नगरपालिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हुने सहयोग, पहलकदमी गर्दै आएको छुँ । अन्तमा मलाई नै नराम्रो बनाईन खोजिदैंछ ।’
बलात्कारपछि हत्या जस्तो जघन्य अपराधको घटनालाई अतिरञ्जित पारिन लागेको भन्दै यसमा सबैले संयमता अपनाउनुपर्ने बताए । निर्मलाको हत्यापछि उत्पन्न परिस्थितिबाट आफु निकै चिन्तित रहेको बताउँदै घटनामा संलग्न जो कोही भएपनि कारवाहीको भागेदार हुनुपर्नेमा जोड दिए ।
‘यो घटनामा मेरो भतिज त के मेरै बाउँ संलग्न भएपनि कारवाही हुनुपर्छ’ मेयर विष्टले भने । सामाजिक सञ्जालमार्फत घटनाबारे विभिन्न अफवाह फैलिरहेको भन्दै त्यस्ता गलत सूचनाको पछि नलाग्न सबैमा आग्रह गरे ।
निर्मला हत्या प्रकरणमा नगरपालिकाले के-के गर्यो ?
यो प्रश्नमा मेयर विष्ट भन्छन्, ‘घटना घटेको थाहा पाएदेखिनै प्रहरी प्रशासनलाई सक्रिय रुपमा परिचालन गरियो । सुरुमै प्रमुख जिल्ला अधिकारीसँग कुरा गरियो । सवैपक्षिय बैठक बोलाएर यसविषयमा गम्भीर कुरा भयो । प्रदेश सरकार, प्रदेशका सांसदहरु, प्रतिनिधिसभाका सासदहरुलाई ससदमा यो विषय जोडतोडले उठाउँन माग गरेको थियो । त्यसपछि ससद्मा पनि प्रवेश गरेको थियो । घटना घटेदेखि पिडितका आफन्त, घरपरिवारसँगको सहकार्यमा विभिन्न कामहरु गरिरहेको थिए । पटक पटक सिडिओ, एसपी, डिएसपी लगायतसँग यस विषयमा गम्भीर छलफल गरेको थिए । घटनाबारे चाडोभदा चाडो घटनाको छानविन गरेर सत्यतथ्य पत्ता लगाउन माग गर्दै आएको थिए । अहिले पनि आफु त्यही काममा रहेको छु । तर मेरो नाम जोडेर समाजमा अफवाह फैलाउने काम भईरहेको छ । यसमा मैले आफ्नो तर्फबाट गर्ने सहयोग गर्दै आईरहेको छु ।’
भीमदत्त नगरपालिकाले सन्नी खुनाका परिवारलाई तीन लाख सहयोग गर्ने
भीमदत्त नगरपालिकाले निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोली लागेर ज्यान गुमाएका सन्नी खुनाका परिवारलाई तीन लाख सहयोग गर्ने घोषणा गरेको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले शनिबार महाकाली अञ्चल अस्पताल पुगेर खुनालाई सहयोग रकम घोषणा गरेका हुन् । अस्पतालमा नगर प्रमुख विष्टले खुनाका परिवारप्रति समवेदना व्यक्त गर्दै नगरपालिका कार्यालयबाट हुने सबै सहयोग गरिने प्रतिवद्धता जनाए ।
(तस्बिरः भीमदत्त नगरपालिका प्रदेश ७ कै उत्कृष्ठ नगरपालिका घोषणा भएपछि मेयर विष्ट अन्तर्वाता दिन केन्द्रविन्दुको स्टुडियोमा नै आएका बेला लिईएको तस्बिर ।)
Comments
Post a Comment